नेप्सेमा एक करोड १३ लाख कित्ता शेयर सूचीकृत

नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १६:२४:४२

चैत ६, काठमाडौं । नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल बंगलादेश बैंक, सेन्चुरी कर्मशियल बैंक र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।
नेपाल बंगलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस शेयर र २२ हजार ८२९ हकप्रद शेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
सेन्चुरी कर्मशियल बैंकको पनि ६१ लाख ८९ हजार ५७९.२६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट यस बैंकले आफ्ना शेयरधनीलाई ५.२५ बोनस वितरण गरेको थियो ।
महिला सहयात्रा लघुवित्तको एक लाख २१ हजार कित्ता बोनस शेयर पनि सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट यस लघुवित्तले १० प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई वितरण गरेको थियो जुन अहिले नेप्सेमा सूचिकृत भएको हो ।
यी तिनै कम्पनीको बोनस, शेयरधनीहरुको हितग्राहि खातामा आएपछि दोश्रो बजारमा कारोबार गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन
फागुन १५, २०८१ बिहिबार
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
उर्जालाई कुलमानले फर्काए जवाफ : दुःख दिने नियत देखियो, मलाई हटाउने अधिकार मन्त्रालयसँग छैन
फागुन १५, २०८१ बिहिबार
बेलायतको विवादपछि के पाकिस्तानले एलोन मस्कसँग सम्झौता गर्न सक्छ ?
फागुन १५, २०८१ बिहिबार
दुई सिफ्टमा अपरेसन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
फागुन १५, २०८१ बिहिबार
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
फागुन १५, २०८१ बिहिबार
झापामा रिसाएका नारायणकाजी : तीन दिन प्रचण्डलाई दंग्याएर फेरि अभियानमा सरिक भए
फागुन १५, २०८१ बिहिबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार