ओछ्यानमै थलिए ‘कर्नाली दख्खिन बग्दो छ’ का पुन्नबहादुर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १८:२४:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/karnali-punbahadur_aam2tEn2tr.gif)
६ चैत,मुगु । अँगेनामा आगो बलिरहेको छ, ओदानमाथि एउटा ताप्केमा पिठो र केही चामलका मुठी फत्फत पाकिरहेको आवाज आइरहेको छ, चुलोको दायाँपट्टी दुई छोरी एक छोरा आगोमा हात फिँजाएर आगो तापिरहेका छन् । एक अधबैंसे महिला बाहिर भित्र गर्दै केही खोजीरहेकी जस्तै गरिरहेकी छन् ।
चुलोको पूर्वपट्टी भुइँमा एक थान कपडा ओछ्याइएको छ, त्यसमाथि एउटा महिलाको पातलो सल ओडेर गोडामाथि हात राख्दै बसेका एक व्यक्ति मलिन अनुहार लिएर टोलाइरहेका छन् लाग्छ उनले आफ्नो सामुन्ने बसिरहेका तीन बालकका बारे सोच्दै टोलाएका हुन् । यो मनै भावविभक बनाउने दृष्य कुनै सिनेमा वा कुनै नाटकको भनै एक पत्रकार तथा कलाकारको घरमा देखिएको वास्तविक दृष्य हो ।
पत्रकार तथा कलाकार सुमन मल्ल मधुमेह, बाथ र उच्च रक्तचापले थलिएर पछि आर्थिक अभाव र गरीबीका कारण उपचार गर्ने आर्थिक क्षमता नहुँदा उपचारको पर्खाइमा यसरी नै मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ ठिनी टोलमा रहेको आफ्नो घरमा एक वर्षयताबाट दिन कटाउदै आएका छन् । मल्लले कर्णालीको यथार्थ जीवनमा आधारित रहेर बनाइएको चर्चित नाटक कर्नाली दक्षिण बग्दो छ र कर्नालीवासीलाई सपना देखाउने गरी बनाइएको अर्को चर्चित नाटक सुइना कर्नालीको नाटकका मुख्य पात्रका रुपमा भूमिका खेलेका थिए ।
रोग, भोग, विकटतामा रहेर आफ्नो कष्टकर जीवन बिताउँदै आएका कर्णालीवासीको जीवन नाटक र पत्रकारितामा उतार्दै सयौँको पीडामा मलम लगाएका मल्लले एक वर्षबाट ओछ्यानमै थलिँदा पनि कोही सहयोगी मन भेटाउन सकेका छैनन् । घरको अवस्था बिहान बेलुका छाक टार्न धौधौ पर्ने गरेको छ, त्यसमा तीन छोराछोरीलाई पाल्नुपर्ने, बूढी आमा र श्रीमतीको मायाको पिरोलो रहेको, रोग सामान्य भए पनि औषधि गर्ने एकसुको पनि नहुँदा ओछ्यानमै थलिनु परेको मलिन स्वरमा पत्रकार मल्ल भन्छन् ।
लामो समयदेखि मुगुमा बसेर नागरिक दैनिक, नयाँपत्रिका दैनिक र स्थानीय रेडियो मुगुमा स्टेसन इञ्चार्जका रुपमा काम गर्दै आएको मल्लले ओछ्यानमै थलिएपछि दुई वर्षयताबाट समाचार र नाटक लेख्न र खेल्न सकेका छैन । गत वर्ष बिरामी हुँदा छायाँनाथ रारा नगरपालिकाले रु ५० हजार सहयोग गरेपछि नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरेका थियौँ त्यो बेला पत्रकार महासङ्घ मुगुमा आबद्ध पत्रकारले पनि सहयोग गरेका थिए, पछि पुनबिरामी हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहयोग र जुम्लाका क्रियाशील पत्रकारको सहयोगमा उपचार भयो ।
उनकी श्रीमती गङ्गा मल्ल आँखाबाट आँशु झार्दै भन्छिन्, “सहयोग गरेको रकमले सामान्य उपचार भए पनि काठमाडौँलगायत अन्य मुख्य शहर रहेका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न पाए निको हुनुहुन्थ्यो कि ।’’ उनी भन्छन्, ‘‘बिहान बेलुका खाना खानेसम्म अवस्था नाजुक छ कसरी औषधि गराँैला त्यो बेला पत्रकार नहुनु कतै जागिर खानु, नभए व्यापार गरौँ भनेको थिए मान्नु भएन अहिले पैसा कताबाट ल्याउ छोराछोरी बूढी सासू पालु कि श्रीमान्को उपचारका लागि माग्दै हिँडु ।”
सुइना कर्णाली र कर्णाली दख्खिन बग्दो छ, नाटक काठमाडौंमा चलिरहँदा नेपालमा रङ्गमञ्चको कोसेढुङ्गा सावित भई त्यसयता नाटकमा दर्शक तानिएका थिए । रङ्गमञ्चका एक मुख्य पात्र उही पुन्नबहादुर विश्वकर्मा ९हुड्के० को भूमिका निर्वाह गरेर चर्चित बनेका सुमन लामो समयसम्म बिरामी परेर ओछ्यानमा थलिँदा भने न त पत्रकाररिताका नाममा भाषण ठोक्दै हिँड्ने पत्रकार आए न त रङ्गमञ्चका बादशाह सम्झने रङ्गकर्मी नै ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार