प्रतिनिधिसभा बैठक : कोइरालाको निधनमा शोक प्रस्ताव पारित
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार २१:४९:५
६ चैत, काठमाडौं । प्रतिनिधिसभाले सभामुख अग्नि सापकोटाले पूर्वसांसद एवं संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति पेश गरेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
बैठकले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निभाउनुभएका कोइरालाको ७१ वर्षको उमेरमा यही चैत ४ गते राति उपचारका क्रममा असामयिक निधन भएकामा शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।
सदनले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । कोइराला २०५८ सालमा राष्ट्रियसभा सदस्य, विसं २०६३ को पुनःस्थापित प्रतिनिधि सभा सदस्य एवं २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकका रुपमा निर्वाचित सदस्य थिए । सभाले उनको सम्मानमा एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १० गते मंगलबार दिनको १ बजे बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार