यी हुन शेयरबजारमा उच्चमूल्य भएका कम्पनी, कुनको शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
चैत ७, २०७७ शनिबार २०:३०:२६
६ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४० दशमलव ४२ अंकले उकालो यात्रा तय गरेको छ । ४२ दशमलव ९५ अंकले वृद्धि हुँदै २४७५ दशमलव ०७ को विन्दुमा बन्द भएको हो । उकालो यात्रा तय गरेको बजारमा ४ अर्ब ६४ करोडको शेयर कारोवार भएको छ ।
बजारले उकालो यात्रा तय गर्दा कतिपय कम्पनीको शेयरमूल्य बढेको छ भने कतिपय कम्पनीको शेयरमूल्य आईपीओकै हाराहारीमा समेत झरेको छ । अधिकांश फाइनान्स कम्पनी, विकास बैंक र केही वाणिज्य बैंकहरुको शेयरमूल्य दुई सय रुपैयाँ भन्दा तल झरेको छ ।
यस्तो अवस्थामा सबैभन्दा महंगा भनिएका कम्पनीहरुको शेयरमूल्य समेत निकै तल झरेका छन् । शेयरबजारमा सूचीकृत दुई सय १३ कम्पनीमध्ये सबैभन्दा उच्चमूल्य भएको कम्पनी युनिलिभर नेपाल हो । जसको शेयरमूल्य अहिले १९ हजार ३५० रुपैयाँ छ । जबकी सबैभन्दा उच्च मूल्य हुँदा यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३६ हजार रुपैयाँसम्म पुगेको थियो ।
यसैगरी दोस्रो उच्च मूल्य भएको कम्पनीमा राष्टिय बीमा कम्पनी रहेको छ । जसको शेयरमूल्य १५ हजार ९२५ रुपैयाँ छ । यो कम्पनीको शेयरमूल्य एक समयमा २२ हजार ८५० रुपैयाँसम्म पुगेको थियो । तेस्रो स्थानमा उच्च मूल्य रहेको साल्ट ट्रेड कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य १० हजार ६३० रुपैयाँ रहेको छ ।
त्यस्तै, चौथो नम्बरमा बोटलर्स नेपाल तराईको शेयरमूल्य प्रतिकित्ता ९ हजार १५ रुपैयाँ छ । यो कम्पनीको शेयरमूल्य पनि दश हजार रुपैयाँसम्म पुगेको थियो । उच्चमूल्य हुने १६ कम्पनीमा ८ लघुवित्त कम्पनी, ३ वटा माइक्रोफाइनान्स, तीन वटा उत्पादनमुलुक, दुई इन्स्योरेन्स तथा एक एक अन्य र उत्पादन समूहका कम्पनी रहेका छन् । शेयरबजारका सूचीकृत कम्पनीमध्ये दश १३ कम्पनीको शेयरमूल्य मात्रै प्रतिकित्ता दुई हजार माथि रहेको छ ।
यी हुन् २ हजार बढी प्रतिशेयर मुल्य भएका कम्पनी
शेयरबजारमा यूनीलिभर नेपाल कम्पनीकाे शेयरमूल्य १९ हजार ३५० रुपैयाँ रहेकाे छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको १५ हजार ९ सय १५, साल्ट ट्रेडिङको १० हजार ६सय ३०, बोटलर्स नेपाल तराईको ९ हजार १५, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्र्टको ४१२५, हिमालयन डिष्टिलरीको ४०७०, जनउत्थान उन्नति सहकार्य लघुवित्तको ३७९६, जनउत्थान लघुवित्तको ३७९६, नेशनल माइक्रोफाइनान्स २६००, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल२२७१, महुली सामुदायिक लघुवित्त२५४१, नेपाल लाइफ इन्स्योरेन्सको २०३६ र फरवार्ड कम्यूनीटी माईक्रोफाइनान्सको १३३५ शेयरमूल्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार
रामेछापमा गाडी दुर्घटना: ५ जनाको मृत्यु, जनप्रतिनिधि पनि परेको आशंका
मंसिर १४, २०८१ शुक्रबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार