स्ववियु निर्वाचन माग राख्दै उपकुलपतिको कार्यालय अगाडि रिले अनशन
नेपालबहस संवाददाता
चैत ६, २०७७ शनिबार १:४०:४९
६ चैत, काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै ४५ दिनदेखि रिले अनशन बसेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिको आयोजनामा विभिन्न माग राखेर किर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि रिले अनशन बसेको हो ।
नेविसंघले स्ववियु निर्वाचनसँगै कोभिड–१९ का कारणले लामो समयपछि भएको परीक्षा र त्रिवि नतिजा प्रकाशनमा भएको ढिलाइले विद्यार्थीको शैक्षिक सत्र गुम्ने अवस्था भएकाले परीक्षाको नतिजा एक महिनाभित्र सुनिश्चितताको माग राख्दै अनिश्चितकालिन रिले अनशन बसेको नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमालले जानकारी दिए ।
त्रिविको क्यालेण्डरअनुसार नयाँ भर्ना प्रक्रिया शुरु गर्नुपर्ने, नेविससंघ त्रिवि समिति र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, त्रिविको प्राध्यापक तथा विद्यार्थी सङ्गठनको नेतृत्वलाई षड्यन्त्रपूर्वक बदनाम गराउने तथा झुटा मुद्दा लगाउने काम बन्द गर्नुपर्ने बताएको छ ।
जारी अनशनलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा रामशरण महत, अर्जुननरसिंह केसी, नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले ऐक्यबद्धता जनाइसक्नुभएको छ । आफूले राखेका जायज माग पूरा नगरे आमरण अनशन बस्ने नेविसंघका नेता धर्मराज शाहीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार