अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा आगलागी पीडितलाई सहयोग
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १६:४३:३५
८ चैत, ताप्लेजुङ । ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागी पीडितलाई रु सात लाखभन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन् ।
समाजसेवी तथा रेष्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी तथा पत्रकार अर्जुन दाहाल र नुन चिनी पानी अभियानकर्मी तथा गायक केशव दाहालको पहलमा सङ्कलित रु सात लाख ४३ हजार ८८५ शनिबार पीडित परिवारलाई वितरण गरिएको छ ।
अमेरिकामा रहेका ताप्लेजुङवासीलगायतबाट सङ्कलन भएको रकम समाजसेवी शिवकुमार गुरुङमार्फत आगलागीबाट विस्थापित ५९ परिवारलाई वितरण गरिएको हो । गुरुङले आगलागी क्षेत्रमा पुगेर मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा राहत वितरण गरेको थियो ।
आगलागी पीडितलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सङ्कलन गरी पठाइएको अमेरिकामा रहेका अर्जुन दाहालले जानकारी दिए । गत फागुन १८ गते भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ५९ परिवार विस्थापित बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार