छोरीको जन्मसँगै वियोगको वातावरणको अन्त्य गर्नुपर्छ : उपसभामुख
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १६:५२:२५
८ चैत,जनकपुरधाम । प्रदेश नं २ का उपसभामुख उपमा देवले समाजमा महिलालाई कमजोर बुझ्ने पुरानो मानसिकतामा क्रमिकरूपले परिवर्तन हुँदै गएको बताएका छन् । सखी बहिना मैथिलानी समूहद्वारा जनकपुरधाममा आयोजित संस्था दर्ता शुभकामना एवं होली उत्सवमा उपसभामुख देवले परिवारमा छोरीको जन्मसँगै वियोगको वातावरण र दुःखको संसार सम्झिने मनोविज्ञानको अन्त्यको प्रयास हरेक क्षेत्राट हुनु जरूरी छ भनीन् । महिलालाई मान, सम्मानले अवसरमा सहभागितासँगै प्रतिभाले कमजोर नभएको प्रमाणित गरेको प्रसङ्ग पनि उनले उल्लेख गरिन् ।
प्रदेशसभा सदस्य रामअशीष यादवले सखी बहिना सुरभि भएको चर्चा गर्दै भाषा, संस्कार, सभ्यताको संरक्षणमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा राखे । उनले समाजमा विकृतिको गन्ध विस्तार भइरहेको अवस्थामा सखी बहिना समूहको अभियानले विकृतिको अन्त्यसँगै संस्कारित समाजको निर्माणका लागि गरिरहेको पहल प्रशंसनीय रहेको छ भने ।
जिल्ला समन्वय समितिका उपप्रमुख दीपक झाले सखी बहिना समूहले समाजमा महिला सशक्तीकरणको पक्ष र भाषा, सभ्यता, संस्कृतिको रक्षा गर्ने सवालतर्फ गम्भीरतापूर्वक क्रियाशील रहेको उदाहरण प्रस्तुत गरे । अभियानकर्मी डा अखिलेश झाले संस्था विधिवत्रूपले दर्ता भई सङ्गठित भएकामा खुशी व्यक्त गर्दै एकजुट भई सभ्यता, संस्कृति, संस्कारको रक्षा गर्ने पक्षमा अग्रसर हुनु जरूरी भएको धारणा राखे ।
संस्थाका संस्थापक आरती झाले संस्थालाई सबैले सहयोग गर्नु अपरिहार्य भइसकेको बताउँदै आगामी दिनमा महिलाका सीप र सिर्जनालाई प्रवद्र्धन गर्ने अभियान सञ्चालन गर्ने जानकारी दिए । उत्सवमा अग्रज सखी अरूणा मिश्रले संस्था समतामूलक समाज निर्माणको पक्षमा क्रियाशील रहेको प्रकाश पारे भने अग्रज सखी पुनम झा मैथिल, कार्यक्रम संयोजक भारती चौधरी संस्थागत विकासकार्यमा सहयोगका लागि सबै पक्षसँग आग्रह गरे ।
उत्सवमा कुसुम विसौनाको जोगिरा टीमले जोगिरा, गायक नवीन मिश्र, गायिका सङ्गीता देव, श्यामा झा, विन्दु ठाकुर, मीना ठाकुर र ज्योति झा, वन्दना झाले गोसाउनी र होरी गीत प्रस्तुत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार