बालबालिकामा बढ्दो आँखाको समस्या कम गर्न शिक्षकलाई तालीम
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १८:५९:१२
८ चैत ,लहान । बालबालिकामा बढ्दो आँखाको समस्या कम गर्ने उद्देश्यले सिरहाका विभिन्न विद्यालयका शिक्षकलाई सचेतनामूलक तालीम दिन थालिएको छ ।
‘रीच’ कार्यक्रमअन्तर्गत लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले शिक्षकमार्फत बालबालिकालाई आँखाको समस्याबाट जोगाउन सकिने भएकाले विद्यालयका शिक्षकलाई सचेतनामूलक तालीम दिन थालिएको हो ।
छ देखि आठ वर्ष उमेर समूहका बालबालिकाको आँखाको सुरक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण भएकाले सिरहाको विभिन्न सामुदायिक विद्यालयका ३० जना शिक्षकहरुलाई आँखा सुरक्षासम्बन्धी तालीम दिइरहेको कार्यक्रम संयोजक विवश राणाले जानकारी दिए । बालबालिकामा टेढो आँखा, दृष्टिदोष, मोतिया बिन्दु, जलबिन्दुलगायतका आँखासम्बन्धी समस्या देखिएपछि समस्याको पहिचान गरी उपचारका लागि अस्पतालसम्म ल्याउन प्रेरित गर्न विद्यालयका शिक्षकलाई सचेतनामूलक तालीम दिइएको उनले बताए ।
बालबालिकामा देखिने आँखासम्बन्धी समस्याको पहिचान गरी अस्पतालसम्म ल्याएर निःशुल्क जाँच, शल्यक्रिया र चश्मासमेत उपलब्ध गराइने जनाएको छ । हालै नगरपालिकाले वडा नं १ देखि १० सम्मका छ हजार ९१९ बालबालिकाको आँखा जाँच गर्दा २५० बालबालिकामा आँखाको समस्या देखापरेको थियो । यसमध्ये १० बालबालिकाको शल्यक्रिया र ९८ जनालाई निःशुल्क चश्मा वितरण गरेको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार