जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिरको पुनःनिर्माण शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार २०:५०:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/khadka-temple_aqqnIskOPu.jpg)
८ चैत, दमौली । तनहुँको व्यास नगरपालिका– ११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरको पुनःनिर्माण शुरु गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण शुरु गरिएको हो ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिरको पुनःनिर्माण शुरु गरिएको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार विभागको रु ५० लाखको लागतमा मन्दिर पुनःनिर्माण शुरु गरिएको हो ।
“तनहुँसुरमा रहेको दरबारको दुई वर्ष अगाडि पुरातत्व विभागले उत्खनन गरेको थियो, सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको अहिले पुनःनिर्माण भइरहेको छ”, उनले भने, “जीर्ण अवस्थामा रहेको मन्दिर पुरानैशैलीमा पुनःनिर्माण गरिनेछ ।
उक्त मन्दिरमा तत्कालीन सेनवंशीय राजाले पूजाआजा गर्ने गरेको किंबदन्ती छ । खड्गकालिकाको शेषका रुपमा व्यास–४ दमौलीमा पनि तनहुँकालिका मन्दिर निर्माण गरिएको छ । चालू आर्थिक वर्षभित्रै मन्दिर पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ । ठेकेदारमार्फत मन्दिरको पुनःनिर्माण भइरहेको र त्यसका लागि स्थानीय कालीगढ पनि प्रयोग गरिनेछ । दैनिक १२ कामदार मन्दिर पुनःनिर्माणका लागि खटिएका छन् ।
कोरोना कहरपछि तनहुँसुर घुम्ने गन्तव्यका रुपमा विकास भइरहेको छ । सोही कारण यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन देवस्थल सामुदायिक घरबास सञ्चालनमा आएको छ ।
तनहुँको नाम तनहुँसुरबाट अप्रभङस भएर रहेको भन्ने किम्बदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र पछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास छ ।
तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।
तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्कीका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको छ किलोमिटर खण्ड कालोपत्रको तयारी थालिएको छ । सङ्घीय सरकारको रु पाँच करोड र नगरपालिकाको रु पाँच करोड लागतमा सडक कालोपत्रको तयारी भइरहेको छ ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरका बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भए बमोजिम राजा मुकुन्दसेनको मृत्यु परोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले स्वतन्त्र राज्य घोषणा गरेको ईतिहास छ ।
‘तनहुँसुर पर्यटन तथा वातावरण मेला’वैशाखमा
पुरातात्विक सम्पदालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित नयाँ वर्षको अवसरमा व्यास–११ स्थित तनहुँसुरमा पर्यटन सम्पदा तथा वातावरण मेला गरिने भएको छ । तनहुँसुर क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविेधतायुक्त पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै स्थानीय समुदायलाई प्रोत्साहन गर्न आगामी वैशाख ५ देखि ७ गतेसम्म पर्यटन तथा वातावरण मेला हुन लागेको हो ।
तनहुँसुर देवस्थल सामुदायिक होमस्टे र तनहुँसुर सामुदायिक होमस्टेको आयोजना तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिको सहआयोजनामा मेला गर्न लागिएको आज दमौलीमा यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
तनहुँसुर दरबार परिसरअन्तर्गतका पुरातात्विक सम्पदाका साथै वातावरण संरक्षण एवं प्रवद्र्धनका लागि जनचेतना अभिवृद्धि गर्न, हाल सञ्चालनमा रहेका र सञ्चालन उन्मुख घरबासको प्रवद्र्धन गरी आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा उल्लेख्य वृद्धि गर्दै स्थानीय समुदायको समृद्धिका लागि टेवा पु¥याउने मेलाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका अध्यक्ष एवं वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए ।
मेलामा स्वदेशी तथा विदेशी पर्यटक, उद्योग, व्यवसायी, कृषक, पत्रकार, साहित्यकार, विद्यार्थी एवं शिक्षक तथा खोजकर्ताका साथै विभिन्न पेशामा आवद्ध व्यक्ति गरी ५० हजारले अवलोकन गर्ने अनुमान रहेको सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ३९ औं श्री जगन्नाथ रथ यात्रा [ फोटोफिचर ]
असार २३, २०८१ आइतबार
क्यानेविसः गाँजा अर्थात् मन्द विष, जसले मानिसलाई बनाउँछ ‘ठिस’
असार २३, २०८१ आइतबार
एमाले कार्यालयभित्रै पस्यो मनोहरा खोला ( फोटो फिचर )
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
मनकामना केबलकार केही समयका लागी बन्द हुने
असार २४, २०८१ सोमबार
अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध
असार २४, २०८१ सोमबार
एक एआईजी र एक डीआईजीका लागि दर्जन अधिकृतहरुको दौडधूप !
असार २४, २०८१ सोमबार
दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन
असार २४, २०८१ सोमबार
जावालाखेलमा रहेको ऐतिहासिक धारा पुनःनिर्माण
असार २४, २०८१ सोमबार
सत्ता समीकरणमा हलचल ल्याउने बेचनको बेचैनीमाथि प्रहरीको अनुसन्धान
असार २४, २०८१ सोमबार