बेरुजु फस्र्योटमा उल्लेखनीय कार्य गर्नेलाई पुरस्कार
नेपालबहस संवाददाता
चैत ८, २०७७ सोमबार ०:४१:१३
८ चैत, काठमाडौं । गृह मन्त्रालयले बेरुजु फस्र्योटमा उल्लेखनीय कार्य गर्ने गृह मन्त्रालय र मातहतका निकायका अधिकारीलाई आज पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहमन्त्री रामबहादुर थापाले बेरुजु फस्र्योटमा उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललगायतलाई प्रशंसापत्रसहित सम्मान गरे । मन्त्रालयले उनीहरूलाई नगद रकमसमेत प्रदान गरेको थियो ।
गृह मन्त्रालय र मातहतका निकायको आव २०७५/७६ र आव २०७६/७७ मा कूल रु दुई अर्ब १६ करोड ५७ लाख बेरुजु रहेकोमा २०७७ असार मसान्तसम्ममा रु एक अर्ब ६६ करोड ४७ लाख बेरुजु फस्र्योट भएको छ ।
यो कूल बेरुजुको ७६ दशमलव ८७ प्रतिशत हो । प्राप्त विवरणअनुसार गृह मन्त्रालयले ७६ दशमलव ८७ प्रतिशत बेरुजु फस्र्योट गरेको छ । यस्तै प्रहरी प्रधान कार्यालयले ९१ प्रतिशत, सशस्त्र प्रहरी बल नेपालले ६१ दशमलब ९२ प्रतिशत बेरुजु फस्र्योट गरेको छ ।
यस्तै बेरुजु फस्र्योटमा उत्कृष्ट कार्य गर्ने तीन जिल्ला प्रशासन कार्यालयलाई सम्मान गरिएको छ । जसअन्तर्गत नुवाकोट प्रशासनले सबैभन्दा बढी ९९, काठमाडौंले ९४ र काभ्रेपलाञ्चोकले ६१ प्रतिशत बेरुजु फस्र्योट गरेको गृह मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार