महोत्तरीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १६:३७:५४
९ चैत,महोत्तरी । महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आइतबार पूर्वमन्त्री तथा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले गौशाला बजारमा केन्द्रको उद्घाटन गरेसँगै अब आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो ।
गौशाला बजारस्थित गौशाला नगरपालिकाको पुरानो भवनमा केन्द्र सञ्चालन भएको छ । आयुर्वेद पद्धतिमार्फत उपचार गर्ने उद्देश्यले सो सेवा केन्द्रको स्थापना भएको हो । केन्द्रले आयुर्वेद पद्धतिको उपचार सेवा दिनेमात्र नभई ध्यान, योग र साधनाप्रति आम मानिसलाई उत्प्रेरित गर्नुपर्ने पूर्वमन्त्री पोखरेलले बताए । “ध्यान, योग र साधना मानिसका लागि स्वस्थ्य रहन आधारभूत कुरा हुन्”, पूर्वमन्त्री पोखरेलले भने, “विद्यालयमा यसबारे कक्षा नै सञ्चालन गर्न सम्बन्धित विद्यालय, स्थानीय तह र केन्द्रले पहलकदमी लेओस् ।” आयुर्वेद पद्धतिको उपचार सेवालाई बल पुर्याउन आम किसानलाई यहाँको माटो र हावापानी सुहाउँदा जडीबुटी खेतीमा उत्प्रेरित पनि गर्न पर्ने पोखरेलको सुझाव थियो ।
“वर्तमान परिवेशमा सर्वप्रथम मानिसलाई जीवनपद्धति परिवर्तन गर्नु आवश्यक छ”, पोखरेलले भने, “यसका लागि योग, ध्यान र साधनासँगै साविक खाना आधारभूत कुरा हुन् ।” यो पक्ष अँगालेपछि मानिस स्वस्थ्य रहने पोखरेलको भनाइ छ ।
नेपाल सरकारले स्थापना गरेको केन्द्रको स्थापनाले अब जिल्लाको उत्तरी भेगका गौशाला, बर्दिवास र औरही नगरपालिकासहित सोनमा गाउँपालिकाका बासिन्दाले आयुर्वेद पद्धतिको उपचार पाउन सहज भएको छ । केन्द्रलाई स्थानीय तह, विद्यालय र गौशालास्थित सरकारी कार्यालय र संस्थाको समन्वयमा ऋतु परिवर्तन भएलगत्तै योग शिविरको आयोजना गर्न पोखरेलले सुझाव दिए । योसँगै स्वच्छ खाना बनाउने अभियानमा गृहणीलाई सामेल गरिन आवश्यकता रहेको पोखरेलको थप सुझाव छ ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले केन्द्रलाई नमूना औषधालयका रूपमा विकसित गर्नुपर्नेमा जोड दिए । नगरपालिकाले पञ्चकर्ममा आधारित भई सेवाकेन्द्रको आवश्यकता महसुस गरेको महतोले बताए । केन्द्रले नियमितरूपमा जनमुखी सेवाप्रदान गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नन्दकिशोरप्रसाद कुशवाहाले प्रतिबद्धता जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार