मधुवनका असई यादव असुल्नमै व्यस्त
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १७:२७:८
![](https://nepalbahas.prixacdn.net/media/albums/bara-police_BhdLnxJqSD.jpeg)
९ चैत, कलैया । बाराको मधुवन प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) मनोज यादवले भर्खरै सरुवा भएर आएका एसपी दीपेन्द्र शाहीलाई महिनावारी दिनुपर्ने भन्दै काठ तस्कर र रक्सी भट्टी संचालकहरुसँग रकम असुली गरेको खबर छ ।
स्थानीय दीपक मण्डलका अनुसार असई यादवले वन मुद्दा लगाएत अन्य अपराधमा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरुसँग महिनावारी असुल्दै अपराधीहरुको संरक्षकत्व गरिरहेकाले स्थानीय त्रसित भएको बताउँछन् ।
बाराको गढीमाई जाने बाटो समेत मधुवन चौकीमा परेको र जिल्लाको उत्तरी नाका रतनपुरीका साथै मकवानपुरबाट भारतीय तस्करहरुले गाँजा चरेशको समेत तस्करी सोही बाटोबाट गर्ने गरेको एक प्रहरीले नाम नछाप्ने शर्तमा बताए ।
केही समय पहिले मात्र बारा पुगेका एसपी दीपेन्द्र शाहीको बदनाम गराउन हो वा उनको निर्देशनमा चौकी प्रमुखहरु लुटतन्त्रमा लागेका हुन त्यो भने समयले बताउने नागरिक समाज बाराका सदस्य पुरुषोत्तम साहले बताए ।
ती असईले नै राति गस्ती गरेर अवैध काठ लोड भएको टेक्ट्रर र साइकलमा तस्करी गराई स–मिलमा पुर्याउने गरेको स्वयं करैयाका एक तस्करले दावी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार