आयआर्जनमा सहयोग पु¥याउन बाख्रा वितरण
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १८:१८:२०
९ चैत,बझाङ । प्रगतिशील युवा समाजले आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले केदारस्युँ गाउँपालिका वडा नं ३ र ६ मा ३० घरधुरीलाई बाख्रा वितरण गरेको छ । प्रगतिशील युवा समाज र वल्र्ड भिजन साझेदारीको पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रमअन्तर्गत बाख्रा वितरण गरिएको हो ।
केदारस्युँ–३ मा १० बाख्रा र पाँच पाठा वडा नं ६ मा २० बाख्रा गरी जम्मा ३० ब्याउने बाख्रा वितरण गरेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए । उनुभयो
कोभिडबाट प्रभावित जोखिममा रहेका बालबालिकाका परिवार दलित, आर्थिक स्थिति कमजोर भएका परिवारलाई वितरण गरिएको र त्यसले गर्दा उक्त परिवारलाई कृषि तथा पशुपालनमा आत्मर्निभर बनाउने उद्देश्यका साथै आर्थिक स्थितिमा सुधार हुनेसमेत निर्देशक जोशीले बताए । करीब तीन लाख ६० हजार रकम बराबरका बाख्रा वितरण गरिएको र वितरण गरिएका बाख्राको बीमासमेत गरिएको छ ।
यसरी नै गरीब निमुखा परिवारले पहिलोपटक संस्थाबाट बाख्रा सहयोग पाउँदा आफू खुशी भएको र बाख्राको हेरचाह पालनपोषण गरेर आम्दानीको स्रोतसमेत बढाउने वडा नं ६ का मकरबहादुर गुरुधामीले बताए । साथै आफू गाडी चलाउन सिक्नका लागि ड्राइभिङ तालीममा समेत छनोट भएको र सीप सिकेर व्यवसायमा लाग्नेसमेत गुरुधामीले सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार