स्क्वायड टोलीको नाममा सशस्त्र प्रहरीको असुलीधन्दा, प्रहरीले भेटे रामधुलाई

नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १९:५:३५

९ चैत, बीरगंज । डीआईजीको घुमुवा हुँ भन्दै सिर्सियाका एक व्यापारीको घरमा घुसेर आंतक मच्चाउने सशस्त्र प्रहरीका ३ जना सिपाहीले स्थानीयको रामधुलाई भेटेका छन् । सादा पोशाकमा खटिएका ती प्रहरीहरू पर्साको सिर्सियास्थित एकजना सर्वसाधारण व्यापारीको घरमा रातीको समयमा प्रवेश गरेको आरोपमा आक्रोशित स्थानीयले रामधुलाई गरेपश्चात् यस्तो रहस्य खुलेको हो ।
स्क्वायड टोलीको नाममा पर्साका समिावर्ती नाकाहरुमा घुम्ने जिम्मेवारी पाएका सशस्त्र प्रहरीका सिपाहीहरु राजु पटेल, विनोद यादव र दयाराम गोठले गत साता कुटाई खाएका हुन् । बर्दीको धाक देखाउँदै तस्करहरुसँग असुली समेत गर्दै आएका उनीहरुले आफुलाई प्रदेश नं. २ का डीआईजी चन्द्रप्रकाश गौतमको घुमुवा बताउने गरेका छन् तर उनीहरु खासमा सशस्त्र प्रहरी बल पर्साका एसपीको घुमुवा रहेको बताइएको छ ।
सीमा सुरक्षा लगायत प्रदेश नम्बर २ का विभिन्न जिल्ला तथा मुलुकको आर्थिक नगरी भनेर चिनिने पर्साका ग्रामीण भेगहरूबाट स्क्वाड टोलीको नाममा चन्दा आतंक मच्चाएको खबर प्राप्त भएको छ । सशस्त्र प्रहरी गण नम्बर १३ पर्साबाट खटिएको स्कवायड टोलीले डीआईजी गौतमको आदेशमा सीमा नाकाहरूबाट व्यापक रूपमा तस्करीको रकम उठाइएको आरोप छ ।
आर्थिक नगरी भनेर चिनिने बीरगंज भन्सार अगाडिबाटै ट्रकमा धमाधम कपडाको तस्करी हुने गरेपनि मोटो रकमको नजराना बुझेपश्चात उक्त स्क्वायड टोली मौन बस्ने गरेको आरोप लागेको छ । पर्सा जिल्लाका साथसाथै बाराको सिम्रोणगढ, रौतहटको गौर, सर्लाहीको मलङ्गवा, बलरा, महोतरीको जलेश्वर, धनुषाको खजुरी लगायतका ठाँउहरूबाट तस्करीवापत मासिक १ करोड भन्दा बढी रकम उठाउने गरिएको सशस्त्र प्रहरीको एक स्रोतले दावी गरेको छ ।
त्यस्तै पर्सा जिल्लाको भिस्वा, बन्जारी, सबैठवा, बीरगंज भन्सार लगायतका ठाँउहरूबाट मासिक रूपमा ४० लाख रूपैयाँ डीआईजी चन्द्रप्रकाश गौतमको नाउमा उठेको स्थानीय तस्करहरुबीच चर्चा हुने गरेको छ । सो स्रोतले आफ्नो नाम सम्प्रेषण नगर्ने शर्तमा ट्रकमै सेटिङ्गको कारोबार गर्नको निम्ति मासिक १० लाख बुझाएको बताएका छन । स्क्वायड टोलीको नाममा खटिएका सशस्त्र प्रहरी सहायक हबल्दार राजाराम पटेल, सशस्त्र प्रहरी जवान विनोद यादव लगायतको ५ जनाको टोली सादा पोशाकमा खटिने र डीआईजीको नाममा रकम असुली गर्ने गरेको स्रोतको दावी छ ।
यता सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डीआईजी गौतमले आफ्नो स्वार्थको निम्ति सादा पोशाकमा प्रहरी परिचालन गरेको रहस्य खुलेको हो । सरुवा भएर २ नं. प्रदेश आएलगत्तै उनले अघिल्ला डीआईजीले खटाएका ३ दर्जन घुमुवालाई तानेर कारवाही चलाएका थिए । साथै जिल्लाका गणपतिहरुले राखेका घुमुवा पनि उनले तितरवितर पारेका थिए ।
घुमुवाको नाममा संगठन बदनाम भएपछि सशस्त्र प्रहरी बल नेपालका प्रमुख आईजीपी शैलेन्द्र खनालले संगठनभित्र रहेका कुनै पनि कर्मचारीलाई सादा पोशाकमा नखटाउने परिपत्र जारी गरेका छन् । सो परिपत्रमा आईजीपीले यदि कुनै कमान्डरले संगठनको नीति विपरित सादा पोशाकमा प्रहरी खटाएको पत्ता लागेमा खटाउने कमाण्डरलाई नै कारवाही गर्ने बताएपनि खनालको आदेशलाई धज्जी उडाउँदै डीआईजी गौतमले स्क्वायड टीमको नाममा सादा पोशाकमा टोली परिचालन गरेका हुन् ।
गृहमन्त्री रामबहादुर थापा बादलसँगको निकट सम्बन्धको धाक लगाउँदै उनले आईजीपी खनालले केही गर्न नसक्ने बताउने गरेको स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार