करेन्ट लगाएर माछा मार्दा खोलामा माछा पाउन छाडे
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १९:१३:२८
९ चैत,दुल्लु । अवैध रूपमा करेन्ट लगाएर माछा मार्दा खोलामा माछा पाउन छोडिएको छ । लोपोन्मुख असला माछा अत्यधिक पाइने दैलेखको छामघाट र ताराघाट खोलामा अवैध रूपमा करेन्ट लगाएर माछा मार्न थालेपछि माछा पाउन छाडेको स्थानीयले बताएका छन् । सोलार ब्याट्री र बजारमा पाइने कन्भर्टरको प्रयोग गरी अवैध रूपमा खोलाभित्र करेन्ट लगाइ माछा मार्न थालेपछि खोलामा पाइने लोपोन्मुख असला माछासहित अन्य माछा पाइन छाडेका हुन् । पहिलेपहिले खोलामा बाहिरदेखि नै सहजै माछा खोलामा खेलिरहेको देखिने भए पनि अहिले एउटा पनि देख्न रहर भएको स्थानीय कलम कार्कीले बताए ।
करेन्ट लगाएर माछा सखाप पार्दा स्थानीय प्रशासन मुकदर्शक भएको देख्दा आफू निकै दुःखी भएको कार्कीले गुनासो छ । प्रत्येक दिन हुलका हुल युवाले करेन्ट लगाएर माछा मार्ने गरेको खोली बजारका बमबहादुर थापाले जानकारी दिए । कुनै बेला खोली बजार छामघाट र ताराघाट खोलाको स्वादिलो माछा पाइने क्षेत्रका रुपमा लोकप्रीय थियो । अहिले आफूलेसम्म माछा खान नपाएको थापाको गुनासो छ । करेन्टको प्रयोगले माछा मात्र होइन खोलामा पाइने अन्य जलचर पनि मर्ने हुँदा प्राकृतिक प्रणालीमा नै सङ्कट आउने खतरा बढ्ने जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलकप्रसाद पाण्डेले बताए ।
बारम्बार स्थानीय प्रशासन र सरकारलाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको धीरबहादुर थापाले जानकारी दिए । “मैले व्यापार गर्न लाको ३० वर्ष भयो, हाम्रो व्यापार नै माछा बेच्ने थियो, यहाँको माछा खान यो बाटो हिँड्ने सबै रुचाउथे अहिले पनि ती पुराना ग्राहक माछाका लागि आउँछन्, माछा छैनभन्दा अचम्मित हुन्छन् र यति ठूलो खोला छ माछा किन छैनभन्दा आफूसँग उत्तर नहुँदा निकै दुःखी हुनुपर्छ ।” थापाको मात्र होइन अहिले खोलीबजारमा व्यापार गर्ने सबैको त्यही पीडा छ । पहिले पहिले दिनमा १० देखि १५ हजारसम्मको व्यापार गर्ने होटेलमा अहिले दिनमा पाँच छ सयको पनि नहुने डम्बर महताराले गुनासो गरे । खोलीबजारको व्यापार खस्किनुका साथै खोलामा जाल खेल्ने जलारीको पेशा झन् सङ्कटमा परेको छ ।
वर्षौंदेखि खोलामा जाल हानेर माछा मार्ने पेशामा लागेको जलारी निकै चिन्तित छन् । “ खोलामा दिनभरि जाल हान्दा नि एक छाक माछा हुँदैन करेन्ट लगाउँदा माछा सखाप भो अनि हाम्रो जालमा कसरी माछा आउँछ”, भन्छन् कर्णबहादुर कार्की । उनले आफूले जाल खेल्ने गरेको २० वर्ष भएको बताउँदै यही पेशाले १० जनाको परिवार पालेको स्मरण गरे । विगतमा आफ्नो फुर्लुङ सधैँ भरिने र त्यसमा सात÷आठ किलो माछा हुने गरेको उनले बताए । अहिले यो यो पेशा नै छोड्ने तयारीमा रहेको उनको भनाइ छ । खोलामा अवैध उत्खनन र करेन्टको प्रयोग नै माछा नपाउनुको मूल कारण भएको कृषि कार्यालयका प्रमुख पाण्डेको भनाइ छ ।
करेन्टको प्रयोगले माछा नै सखाप हुने र कोही बाँचीहाले नपुंसक हुने हुन्छ । माछाले भुरा उत्पादन गर्ने प्रक्रिया नै बन्द हुँदा माछा लोप भएको उनको दाबी छ । भैरवी गाउँपालिकाका प्रमुख प्रेम बुढाले अवैध करेन्ट लगाउनेबारे आफूलाई जानकारी नभएको तर यदी त्यस्तो भएमा अब नियन्त्रण गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आफू आएको एक हप्ता मात्र भएकाले अवैध खोला उत्खनन र करेन्ट लगाउने कार्य गरेको पाए कानूनबमोजिम कारवाही गर्ने बताए । दैलेखको भैरवी र महाबु गाउँपालिकाको बीच भएर बग्ने छामघाट खोला लोपोन्मुख असला माछाको मुख्य खोलाका रुपमा चिनिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार