राप्रपा प्रवेश गर्नेलाई थापाले गरे ‘वेलकम’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार २३:५९:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/rpp3_TAAdN0eE4W.jpeg)
१० चैत, काठमाडौं । ठूला भनिएका राजनीतिक पार्टीहरुको काम कारवाहीप्रति वितृष्णा पैदा भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तिर प्रवेश गर्नेहरुको लहर चलिरहेको बेलामा आज पाँचथर, काठमाडौं, दाङ, बाँके लगायतका जिल्लाबाट दर्जनौं व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् ।
पार्टी अध्यक्ष कमल थापाले नवप्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गरी राप्रपामा स्वागत (वेलकम) गर्दै पार्टीलाई मजबुद बनाउन नवप्रवेशीहरुको महत्वपूर्ण भूमिकाको अपेक्षा गरेको बताए ।
आज राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश गर्नेमा पाँचथरबाट दिव्य विक्रम जवेगु, तुलबी शेर्मा, देवेन्द्र खत्री, राजेन्द्र कुमार खत्री, भिम बहादुर लिङदेन, निरु पोखरेल खत्री, रेखा खत्री, सरिता खत्री, श्रीहाङ एकतिन, राम थाम्सुहाङ, शनिष चेम्जोङ, काठमाडौंबाट आशुतोष श्रेष्ठ, सुवर्ण श्रेष्ठ, दाङबाट जगत चौधरी, बाँकेबाट यज्ञ सिंह ठकुरी लगायत थिए ।
राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य तेजकुमार कुरुम्वाङ तथा केन्द्रीय सदस्य सुनिता कुरुम्वाङको सक्रियतामा राप्रपामा प्रवेश गरेका नवप्रवेशीहरुले पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसात गर्दै संगठन निर्माणमा अहोरात्र खट्ने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक १३ गते
असार ११, २०८१ मंगलबार
महाधिवेशन नगरे पद छोडेर घर जान भ्रातृ संस्थालाई महामन्त्री थापाको आग्रह
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार