आँटिला खरेल ‘दानवीर’ पनि

नेपालबहस संवाददाता
चैत १०, २०७७ बुधबार १:४५:५७

१० चैत, काठमाडौं । नेपाल प्रहरीमा विभिन्न स्थानमा फरक-फरक दर्जामा कार्यरत रहँदा स्थानीयबीच कुनै न कुनै छाप छाड्न सफल पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेल दानवीरका रुपमा देखा परेका छन् ।
उनले आफूले उर्जाशिल समय व्यथित गरेको अर्थात् जीवनको महत्वपूर्ण समय योगदान पुरर्याएको प्रहरी संगठनका तल्लो तहका सदस्य मध्ये कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गर्नेहरुका सन्तानलाई शैक्षिक प्रोत्साहन गर्ने हेतुले छात्रवृत्ति प्रदान गर्ने समझदारी पत्रमा सोमबार हस्ताक्षर गरेका छन्।
४ कक्षादेखि १० कक्षासम्म अध्ययन गर्ने दुईजना जेहन्दार विद्यार्थीले वार्षिक एकमुष्ठ ५१ हजार रुपैयाँ छात्रवृत्ति रकम प्राप्त गर्ने छन् । यो छात्रवृत्ति रकम यसै वर्षदेखि प्रदान गरिनेछ । २०५७ सालमा संगठनको महानिरीक्षक पदबाट अवकाश प्राप्त गर्दा आफूले प्राप्त गर्ने मासिक पेन्सन रकम खरेलले छात्रवृत्तिका रुपमा प्रदान गर्न चाहेको बताइएको छ ।
पूर्व महानिरीक्षक खरेलले उपलब्ध गराउने उक्त छात्रवृत्ति सहयोग रकम कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गर्ने अमर प्रहरी ‘कार्यालय सहयोगी, प्रहरी जवान, प्रहरी हवल्दार’ का सन्ततीहरु मध्ये २ जना जेहन्दार तर, आर्थिक अवस्था अत्यन्तै कमजोर भएका परिवारका सन्ततीलाई शिक्षा हासिल गर्न सहज एवम् सरल होस् भन्ने भावनाबाट ओतप्रोत भएर खरेलले उपलब्ध गराउन चाहेका हुन् । त्यो सहयोग राशी जनही ५१ हजारको हुनेछ ।
प्रहरी संगठनमा यसरी अक्षयकोष नै स्थापना गरी संगठनका विरगति प्राप्त बहादुर सदस्यका सन्ततीको उज्ज्वल भविष्यको कामना गर्दै छात्रवृत्ति रकम उपलब्ध गराउने खरेल नै प्रथम व्यक्ति हुन् ।
आफ्नो जीवनकालपछि पनि उक्त छात्रवृत्ति अभियानले निरन्तरता पाओस् भनि खरेलकै इच्छामा उहाँका सन्तानद्धय छोरा डा. आयुष र छोरी डा. चाँदनीले ११ लाखको अक्षयकोष स्थापना गरिदिने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार