उज्जवल ठकुरीद्वारा पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रशिदले राखेको कीर्तिमान भंग
नेपालबहस संवाददाता
चैत १०, २०७७ बुधबार २:१७:२८
१० चैत, डिसी । अमेरिका डिसी महानगर क्षेत्रमा करिव दुई दशक देखि बस्दै आएका ९ पटक बिश्व कीर्तिमान गरेका करातेका खेलाडी उज्जवल ठकुरीले पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रशिदले राखेको कीर्तिमानलाई तोडेका छन् ।
पाकिस्तानका रशिद ३० पटक बिभिन्न विधामा बिश्व किर्तिमान गर्ने उत्कृष्ट खेलाडी हुन् । ठकुरीले हालसालै भारतको ओलम्पिक खेल्ने तेक्वान्दो खेलाडीको बिश्व किर्तीमानलाई भंग गरेको केही समय मै पुन पाकिस्तानका शीर्ष खेलाडीको किर्तिमानलाई भंग गर्दै गिनिज बिश्व किर्तिमानमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।
रशिद पाकिस्तान एकडेमी अफ मार्शल आर्टका प्रमुख हुन् भने उनले राखेको दुवै बिश्व किर्तिमान ठकुरीले हात पारेका छन् । मोहम्मद रसिद पाकिस्तानका शीर्ष स्थानका खेलाडी हुन् जसलाई पाकिस्तानले पाकिस्तानको ब्रुस्ली तथा ‘खुदा’ मान्छन। यिनको कीर्तिमान भारतले भंग गर्न धेरै पटक कोसिस गरे तर आजसम्म गर्न सकेको छैन। नेपाली मूलका कराते खेलाडी उज्ज्वल ठकुरीले यिनको दुइ उपाधि हात पारेका छन् ।
भर्खरै भंग गरेर हात पारेको उपाधि ५ केजी वजन खुट्टाले बोकेर ४ फिट माथि किक प्याडमा समाउन लगाएर १ मिनेटमा ८३ चोटी घुडा प्रहार समाप्त गरि नया बिश्व किर्तिमान हात पारेका छन् । सो उपाधि पहिला भारतको तेक्वान्दो खेलाडी बडे साईले १ मिनेटमा ५५ चोटी प्रहार गरि २०१७ उपाधि हासिल गरेका थिए भने ठकुरीले त्यो कीर्तिमान फेब्रुअरी २९ ,२०२० मा ७१ चोटी प्रहार गरि उनको किर्तिमान प्राप्त गरेका थिए ।
तर पुनः पाकिस्तानको खेलाडीले मार्च १,२०२० मा ७८ चोटी प्रहार गरि ठकुरीको उपाधि खोसेका थिए। बिश्व कीर्तिमानी ठकुरी चुप लागेर बसेनन । ठकुरीले फेरी यो कीर्तिमान १ मिनेटमा ८३ चोटी घुडा प्रहार गरेर आफ्नो उपाधि पुन फिर्ता गरे ।
अर्थात् प्रति सेकेन्ड भन्दा छिटो ५ केजी वजन खुट्टाले बोकेर घुडा प्रहार गरेका थिए । त्यस्तै दोस्रो ५ केजी वजन खुट्टाले बोकेर ४ फिट माथि किकप्याडमा समाउन लगाएर ३ मिनेट भित्र १५७ घुडा प्रहार समाप्त गरि नया बिश्व कीर्तिमान हात पारेका छन् ।
सोहि किर्तिमान भारतको बडे साइले ३ मिनेटमा ५ केजी बोकेर ८७ चोटी प्रहार गरेका थिए भने मोहम्मद रसिदले ३ मिनेटमा १५२ चोटी प्रहार गरेका थिए । भारत र पाकिस्तानको एकै चोटी दुवै कीर्तिमान९रेकर्ड ०तोड्न सफल कराते खेलाडी उज्जवल ठकुरी काठमाडौँमा जन्मेका नेपाली खेलाडी हुन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार