कर्णाली प्रदेशमा आगामी वैशाखभित्र लगानी सम्मेलन हुने
नेपालबहस संवाददाता
चैत १०, २०७७ बुधबार २:५४:१९
१० चैत, कर्णाली । कर्णाली प्रदेशमा आगामी वैशाखभित्र लगानी सम्मेलन हुने भएको छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याउनुका साथै प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले यस्तो सम्मेलनको तयारी थालिएको हो ।
लगानी सम्मेलनका लागि प्रदेश योजना आयोगले परियोजना बैंक निर्माणको काम शुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हीरालाल रेग्मीले प्रदेश विकास परिषद्को बैठकबाट परियोजना बैंक अनुमोदन गरेपछि मात्र लगानी सम्मेलन आयोजना गरिने बताए ।
“सबै मन्त्रालयमा योजना माग गर्ने काम भइरहेको छ, विज्ञको परामर्शपछि मात्र कुन योजनामा कसको सहभागिता हुने भन्ने टुङ्गो लाग्नेछ”, उनले भने, “कस्ता योजना समावेश गर्ने, प्राथमिकता निर्धारण कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।” कर्णालीमा उद्योग, ऊर्जा र पर्यटनको अत्यधिक सम्भावना भएकाले यस्ता योजनाले प्राथमिकता पाउने बताइएको छ ।
परियोजना बैंकमा प्राथमिकता प्राप्त ठूला आयोजना समेटिने छन् । प्रदेश सरकारले परियोजना बैंकको चर्चा गर्न थालेको दुई वर्ष बिते पनि बल्ल मूर्तरुप दिन थालिएको छ । आर्थिक वर्ष २०७५/७६ मा परियोजना बैंक निर्माण गर्ने प्रदेश सरकारको उद्देश्य थियो । परियोजना बैंक निर्माण भएपछि आव २०७८/७९ को बजेटमा ती कार्यक्रमलाई समावेश गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार