शे-फोक्सुन्डो तालमा वर्ल्डलिंकको निःशुल्क वाईफाई चल्यो
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १६:५९:४३
११ चैत, काठमाडौं । शे फोक्सुन्डो तालमा वर्ल्डलिंकको निःशुल्क वाईफाई चलेकाे छ । “सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने” आफ्नो मुख्य उद्देश्यलाई अनुसरण गर्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा दिन थालेको जनाएको छ ।
यही चैत ८ बाट सो क्षेत्रमा निःशुल्क सेवा शुरू गरेको वर्ल्डलिंकले जनाएको छ । नेपालको प्रमुख तालमध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करीव ३६६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्ला अर्न्तरगत, नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताल जसलाई विश्वभर शे फोक्सुण्डो तालको नामले समेत चिनिन्छ । हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठुलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ ।
निःशुल्क वाईफाई सेवाको उदघाटन प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले शुभारम्भ गरेका थिए । उदघाटन समारोहमा वल्र्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल, शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा प्रमुख निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्तीलगायतको उपस्थिति थियो ।
उदघाटन समारोहमा बोल्दै वल्र्डलिंक कम्यूनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने “नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प छैन । गास, बास, कपाससंग आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ । इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छौ । सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञानहासिल गर्ने माध्यम बन्न सक्छ, जुन स्थानमा बाटो–घाटो, अस्पतालको अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुन सक्छ । आफु डाक्टर नभए पनि इन्टरनेटबाटै एक जना विमारीको लागि आफनो डाक्टर साथी संगको सल्लाहले विमारीको उपचार फोक्सुण्डोमै गरेको अनुभव छ । उच्च गतिको इन्टरनेटका लागि वल्र्डलिंकले डोल्पा जिल्ला सम्म फाइबर विस्तार गर्न तयार रहेको तर सो का लागि सरकारले पूर्वाधारको विकास विस्तार गर्नुपर्छ । फोक्सुण्डोसम्म इन्टरनेट पुरयाउन वल्र्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको छ । अव हामी फाईवर जडानको लागि योजना तयार गर्छौ ।”
कर्णाली प्रदेश प्राकृतिक सुन्दराताले भरिपूर्ण तथा निकै सम्भावना बोकेको प्रदेश रहेको मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले बताए । उतले त्यहाँ उपलव्ध प्रचुर सम्भावनाको प्रयोग गर्न नसिकिएको हुनाले सोको विश्व बजारमा पहिचान गराउन सके मात्र पनि सो प्रदेशको कयापलट हुने बताए । प्रदेशमा उपलब्ध श्रोत साधनलाई विश्व वजारमा पुरयाउने माध्यम सूचाना प्रविधि पनि एक होे । विकट स्थानमा बसोवास गरेका जनतालाई विश्वसमुदाय समक्ष जोडन सूचना र प्रविधि महत्वपूर्ण हुने तर नाफा मुलक सेवाको सम्भावना कम भएकोले अन्य सेवा प्रदायकहरुको कम चासो रहेका वेला सेवामुलक कार्यमा वल्र्डलिंकले देखाएको अग्रसरताले सूचनाबाट कुनै पनि पर्यटक आफन्त, घर परिवार, साथी भाई संग जोडिने तथा सम्पर्क विच्छेद नहुने हुनाले पर्यटकको रोजाइ बन्नेमा आफू विश्वस्त रहेको तथ्याङक रारा महोत्सवले स्पष्ट पारेको मुख्यमन्त्रीको भनाई थियो ।
कर्णाली प्रदेशले कर्णाली पर्यटन बर्ष घोषणा गर्दा रारा तालबाट प्रधानमन्त्रीले वल्र्डलिंकले प्रदान गरेको निःशुल्क इन्टरनेट सेवाबाटै पर्यटन वर्षको उदघाटन भएको थियो । आजसम्म रारा जाने पर्यटकका लागि सूचनाको पहुँच पुगेको स्मरण गर्दै सेवालाई गुणस्तरीय बनाउन फाईवरका लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार
औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार
प्राधिकरणले भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने, भारतले दियो सहमति
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार
डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार