ट्विटरका सीईओ ज्याक डोर्सीले पहिलो ट्वीट ३३ करोडमा बेचे
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १७:५३:२९
११ चैत, एजेन्सी । ट्विटरका सीईओ ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्जन २.९ मिलियन डलर अर्थात् ३३ करोड ६० लाख रुपैयाँमा बेचेका छन् । बीबीसीका अनुसार डोर्सीले दुई हप्ता पहिले आफ्नो ट्विटर पोस्टको लिलामी बिक्रीको घोषणा गरेका थिए ।
डोर्सीले सन् २००६ मा पहिलोपटक ट्वीट गरेका थिए । जसमा लेखिएको थियो, ‘म आफ्नो ट्विटरको सुरुवात गरिरहेको छु ।’ भ्याल्युएबल बाइ सेन्टका अनुसार यो ट्वीटलाई ब्रिज ओरेकलका सीईओ सिना एस्टेवीले किनेका छन् । भ्याल्युएबल बाइ सेन्ट एक डिजिटल प्लेटफर्म हो जहाँ ट्वीटको लिलामी हुने गर्छ । केही समय पछि मोनालिसाको चित्र जस्तै मानिसहरुको यस ट्वीटको पनि महत्व बुझ्ने एस्टेवीले बताए ।
समाचारमा जनाइए अनुसार १५ वर्ष पुरानो ट्वीटलाई एनएफटी अर्थात् नन फन्जिबल टोकनको रुपमा बिक्री गरिएको छ । एनएफजी कुनै पनि चिजको गुणस्तरीयताका आधारमा दिइने डिजिटल प्रमाणपत्र हो । डोर्सीले ट्वीट लिलामी मार्फतको रकम बिटक्वाइनमा प्राप्त गरे ।
यस्तै ट्वीट बिक्रीबाट प्राप्त रकम एक परोपकारी संस्था ‘गिभ डाइरेक्ट्ली’लाई दान दिइएको छ । यस संस्थाले कोरोना भाइरसका कारण आर्थिक समस्या झेलिरहेका अफ्रिकी परिवारलाई सहयोग गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार