नियमित रुपमा विद्युत् कटौती भएकामा ध्यानाकर्षण
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १८:५३:३२
११ चैत,सीमकोट । हुम्लामा पछिल्लो समय हिल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रबाट वितरित विद्युत् नियमित रुपमा कटौती भएको भन्दै जिल्लाका मानव अधिकारकर्मीको टोलीद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ ।
विगतका वर्षभन्दा यो वर्ष अझ बढी विद्युत् आपूर्तिमा समस्या भएपछि मानवअधिकार रक्षक सञ्जालको टोलीद्वारा यही चैत १० गते जिल्ला प्रशासन कार्यालय हुम्लामा गएर प्रजिअको ध्यानार्कषण गराएको टोलीका संयोजक राजन रावतले बताए । मानवअधिकारका क्षेत्रमा आवाज उठाउनका लागि आज बिहान मानवअधिकार रक्षकको जिल्लास्तरीय सञ्जाल गठन भएको जानकारी गराउँदै ज्ञापनपत्र पेश गराइएको थियो । हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टासम्म विद्युत्भार कटौती गरिरहेको भन्दै सो समितिद्वारा आपत्ति जनाइएको थियो ।
विद्युत्भार कटौती हुँदा उद्योगी, व्यवसायीलाई नोक्सानी हुनुका साथै सीमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । कार्यालयबाट सर्वपक्षीय बैठक बसालेर समस्याको चाँडोभन्दा चाँडो समाधान गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ । समितिद्वारा बुझाएको ज्ञापनपत्रको सम्मान गर्दै विद्युत् समस्या समाधानको वैकल्पिक विकल्प रोज्नका लागि हिल्दुम साना जलविद्युत् आयोजनाका प्रमुखसँग समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार