मुक्त कमलरीको ‘कालोकोट’ लगाउने धोको पूरा
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार २०:११:५४
१२ चैत,देउखुरी । कालोकोट र कालो पाइन्टमा सजिएकी किशोरी बिहान कार्यालयका लागि निस्कँदा वरपरका मानिसले अचम्म मानेर हेर्ने गर्छन् । उनी कुनै सम्पन्न परिवारको होइनन्, सामान्य परिवारको त्यो पनि पूर्व कमलरी १ उनी हुन् बिष्णु चौधरी ।
पूर्व कमलरी बिष्णुलाई मानिसले वकिलसाप भनेर बोलाउँछन् । आजभोलि उनको दिनचर्या फेरिएको छ । घरको आर्थिक अवस्था कमजोर भएका थारु समुदायका विपन्न परिवारले आफ्नो स–साना बालिकालाई मालिकको घरमा कमलरी पठाउने परम्परा नै थियो । दाङलगायत पश्चिम नेपालमा यो प्रथाको रुपमा रहेको थियो । मालिकको घरमा छोरीलाई कामदार पठाइएन भने उनीहरूका अभिभावकले खेत खनजोत गर्न पाउँदैनथे । पढाइदेखि हरेक कुराबाट वञ्चित हुनुपर्ने अवस्था थियो । कमलरी मुक्तिको घोषणासँगै स्वतन्त्रता पाएका पूर्व कमलरीले उच्च शिक्षा अध्ययन गरेर आफ्नो लक्ष्यमा पुग्न थालेका छन् ।
लमही नगरपालिका–८ सतवरिया निवासी बिष्णु चौधरी सात वर्षको उमेरमा कमलरी ९अर्काको घरमा बधुवा मजदूरको रुपमा काम गर्न गईन् । अर्काको घरमा गएपछि बिष्णुका रहर सबै बन्द भएका थिए । भर्खर खेल्ने, रमाउने उमेरमा आफ्नो बुबाआमाको न्यानो काख छाडेर उनलाई जमिन्दारको जूठो भाँडा माझ्नका लागि कमलरी बस्नुपयो । त्यही बेला दाङमा कमलरी उन्मूलनका लागि शहरदेखि गाउँसम्म कमलरी उद्धार अभियान तीव्र रूपमा चल्यो ।
कमलरी उन्मूलन क्षेत्रमा काम गर्ने संस्था एफएनसी (असहाय नानीहरुको साथी)ले बिष्णुलाई उद्धार गरेर सतबरियास्थित राप्ती मावि उचानिम्बुमा कक्षा ५ मा भर्ना गरिदियो । बिष्णु भन्छिन्, “मैले जिन्दगीमा पढ्न पाउँछु भनेर सोचेको पनि थिइन, संस्थाले पढ्ने अवसर मिलाइदिएपछि पढ्न पाएँ ।” कमलरीबाटमुक्त भएर विद्यालयमा भर्ना भएकी बिष्णुले मेहनतसाथ पढाइमा ध्यान दिईन् । परिश्रमको फल मीठो हुन्छ भने जस्तै बिष्णु कक्षा ५ मा प्रथम भईन् । यसरी ९ कक्षासम्म विद्यालयमा कहिले प्रथम त कहिले दोस्रो भईन् । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि बिष्णु मुख्य विषय अङ्ग्रेजी लिएर पढ्दै १२ कक्षामा समेत सबै सङ्कायका छात्रछात्रलाई उछिन्दै अगाडि बढीन् ।
राम्रो न्यायाधीश बन्ने सपना रहेको उनी बताउछिन्, “१२ कक्षामा पढ्ने बेला वकिल बन्ने सपना थियो, त्यो अहिले पूरा भएको छ ।” न्यायाधीश बनेर पछाडि पारिएका समुदाय, वर्गको पक्षमा न्याय गर्ने लक्ष्य राखेकी बिष्णुले स्नातक तह अङ्ग्रेजीमा र स्नातकोत्तर तहमा राजनीति शास्त्र उत्तीर्ण गरिसकेकी छिन् । यससँगै बिष्णुले अहिले एलएलबी उत्तीर्ण गरेर अधिवक्ताको लाइसेन्ससमेत उत्तीर्ण गरेर कानून व्यवसायी बनेकी छिन् ।
कमलरीहरुको हकहितका लागि खोलिएको संस्था ‘मुक्त कमलरी विकासमञ्च’ को केन्द्रीय सदस्य रहेकी बिष्णु कमलरीको अधिकारका लागि सक्रिय भएर वकालत गर्न थालेकी छिन् । भविष्यमा राम्रो न्यायाधीश बन्ने सपना रहेको र समयले साथ दियो भने पछाडि पारिएका समुदाय, वर्गको पक्षमा न्यायका लागि समर्पित हुने आफ्नो लक्ष्य रहेको सुनाईन् ।
गढवा गाउँपालिका मानपुर घर भएकी उर्मिला चौधरी पूर्व कमलरी हुन् । सानै उमेरमा अर्काको घरमा कमलरी बसेकी उनी पनि अहिले १२ कक्षा पास गरेपछि वकिलको तयारीमा लागेकी छिन् । काठमाडौँ स्कुल अफ ल मा एलएलबीको दोस्रो वर्षमा अध्ययन गरिरहेकी उनको दुई दाजु दुई दिदी कमैया÷कमलरी बसेर जीवन बिताएको थियो । ‘छोेरीहरु शिक्षा चाहन्छन्, दासता होइन’ भन्ने नाराले सार्थकता पाएको र आफ्नो पालामामुक्त गराउन सङ्घ संस्था आएकाले कमलरीबाटमुक्त भई पढ्न पाएको उनी बताउछिन् ।
एघार वर्ष अर्काको घरमा कमलरी भएर दिन बिताएकी उर्मीलाको जीवनमा अहिले परिवर्तन आएको छ । वकिल बनेर असाहयहरुको सहारा बन्ने धोको रहेको उनी बताउछिन् । दासत्वको जीवनबाट मुक्त भएर अगाडि आएर पढौँला र अगाडि बढौँला भन्ने लागेको थिएन । ‘भित्रैैदेखिको इच्छाशक्ति भएर होला पढाइलाई अगाडि बढाउँदै छु’, उनी भन्छिन्, “जीवनमा धेरै सङ्घर्ष गर्नुप¥यो । कमलरी कुप्रथाको विरुद्ध लड्दा भोगेका क्षण पनि ताजै छन् । विद्यालय कस्तो हुन्छ भन्ने थाहा थिएन, पढाइ त झन परैको कुरा, ती सम्झँदा मनमा गाठो पर्छ ।” पढाइको महत्व थाहा भयो, उद्देश्य पूरा गर्न पढाइलाई अगाडि बढाएको छु, लक्ष्यमा पुग्नलाई निरन्तरता दिइरहेको छु, उनको भनाइ छ ।
नेपाल सरकारको तर्फबाट २०७० साल असार १३ गते कमलरी मुक्तिको घोषणा गरेपछि विधिवत् रुपमा कमलरीमुक्त भएको थियो । उनीहरुलाई पढ्नका लागि दश जोड दुईसम्म छात्रवृत्तिको व्यवस्था गरेसँगै पढ्न नपाएका र दासत्व जीवन बिताएका नानीहरुको पढाइले निरन्तरता पाएको हो । त्यो भन्दामाथिको कक्षा पढ्नका लागि कमजोर आर्थिक अवस्था भएकालाई मुस्किल परेको मुक्त कमलरी विकाश मञ्चले जनाएको छ । मञ्चका अनुसार स्नातकोत्तर तहमा अध्ययन गर्ने ११ जना छन् । स्नातक तहमा १७१, दश जोड दुईमा ४८९ जना अध्ययनरत छन् । त्यसैगरी दाङमा ३१२, बाँकेमा ५४, बर्दियामा ३७०, कैलालीमा ३६७ र कञ्चनपुरमा १७१ जना विद्यालय तहमा अध्ययन गरिरहेका छन् । पाँच जिल्लामा एक हजार २७४ जना विभिन्न विद्यालयमा अध्ययनरत छन् । उमेर पुगेका र विद्यालय जान मन नगर्नेलाई संस्थाले विभिन्न सीपमूलक तालीम दिएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष शान्ति चौधरीले जानकारी दिईन् ।
युथ फाउण्डेसनका कार्यक्रम संयोजक मानबहादुर क्षेत्रीले कमलरी प्रथाको अन्त्यका लागि कार्यक्रम ल्याएको बताउछन् । सो संस्थाले विशेषगरी दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरका चौधरी समुदायका बालकालिकालाई लक्षित गरी अभियान चलाएको थियो । सोही अभियानअन्तर्गत मुक्तभएका बालबालिकाहरुमध्ये कोही वकिल भएका छन्, कोही उच्च शिक्षा हासिल गर्दैछन् । सानै उमेरका नानीहरुलाई विद्यालयमा भर्ना ग¥यौ र नानीहरु पढाइमा अगाडि आए । दाङलगायत पाँच वटा जिल्लामा पहिलो पटक कमलरी प्रथाको अन्त्यका लागि अभियान सञ्चालन गरेर पढ्नजानबाट वञ्चित भएका बालबालिकालाई विद्यालय पठाउन सफल भएको कार्यक्रम संयोजक क्षेत्रीको भनाइ छ ।
सोही अभियानका क्रममा मुक्त भएका अधिकांशले आफ्नो जीवनलाई परिवर्तन गर्न सफल भएका छन् । आफ्नो लक्ष्य अनुसार पढेर वकिल भएको देख्दा धेरै खुशी लागेको छ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ३९ औं श्री जगन्नाथ रथ यात्रा [ फोटोफिचर ]
असार २३, २०८१ आइतबार
क्यानेविसः गाँजा अर्थात् मन्द विष, जसले मानिसलाई बनाउँछ ‘ठिस’
असार २३, २०८१ आइतबार
एमाले कार्यालयभित्रै पस्यो मनोहरा खोला ( फोटो फिचर )
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
नयाँ सरकारलाई चुनौति दिने गरी नेपाल टेलिकममा एमडी नियुक्तिको तयारी
असार २३, २०८१ आइतबार
क्यानेविसः गाँजा अर्थात् मन्द विष, जसले मानिसलाई बनाउँछ ‘ठिस’
असार २३, २०८१ आइतबार
दाङमा बाघको आक्रमणबाट तीनजना महिला घाइते
असार २४, २०८१ सोमबार
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
असार २४, २०८१ सोमबार
फ्रान्समा अप्रत्याशित नतिजा, वामपन्थी गठबन्धन बन्यो ठुलो दल
असार २४, २०८१ सोमबार
अर्थ समितिको बैठक बस्दै, मौद्रिक नीतिबारे गभर्नरसँग छलफल गर्ने
असार २४, २०८१ सोमबार
किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण
असार २४, २०८१ सोमबार
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
असार २४, २०८१ सोमबार