जनगणनाका लागि प्रदेशस्तरीय प्रशिक्षक तालीम
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार २०:३३:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/janaganana_4NwNPAfCe8.gif)
१२ चैत,मोरङ । राष्ट्रिय जनगणना–२०७८ गुणस्तरीय बनाउन प्रदेशस्तरीय प्रशिक्षक तालीम शुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडौँद्वारा आयोजित यही चैत १५ गतेसम्म सञ्चालित तालीममा प्रदेशका १० जिल्ला (साविक मेची अञ्चलका चार जिल्ला बाहेक)का शिक्षक तथा शिक्षा कार्यालयका १७२ कर्मचारीको सहभागिता छ ।
विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने १२औँ राष्ट्रिय जनगणनाका लागि घरदैलामा खट्ने गणकलाई प्रशिक्षण दिन प्रशिक्षक तालीम आयोजना गरिएको हो । तालीममा सहभागीलाई सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइने छ । प्रशिक्षितले आफ्ना जिल्लामा जेठ १७ देखि २२ गतेसम्म सुपरीवेक्षक र गणकलाई प्रशिक्षण दिनेछन् । प्रदेश नं १ का प्रमुख सचिव एवं प्रदेश जनगणना समन्वय संयोजक सुमनराज अर्यालले जनगणना गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै सत्यतथ्य सूचना सम्प्रेषणबाट मुलुकको राजनीति, विकास, वित्तीय क्षेत्रमा प्रभाव पर्ने बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले धर्म, जात, अपाङ्गता, विकास जस्ता विषयको समावेशी नीतिनिर्माणमा महत्वपूर्ण भूमिका हुनाले सही तथ्याङ्क सङ्कलन आवश्यक रहेको बताए । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक गणेशराज अर्यालले सामाजिक, वातावरण र घरसमेत गरी तल्लो तह यस वर्ष जनगणनामा समावेश गरिने जानकारी दिए ।
प्रदेशका ६० स्थानीय तहमा जनगणना कार्यालयको स्थापना गरिएको प्रदेश जनगणना कार्यालयका प्रमुख तीर्थराज बरालले जानकारी दिए । राष्ट्रिय जनगणना –२०७८ मा ७७ जिल्लाका ८७ कार्यालयमा ५० हजार जनशक्ति एवं रु चार अर्ब खर्च हुने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार