जनगणनाका लागि कार्यालय स्थापना
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार २०:४३:५०
१२ चैत,भरतपुर । राष्ट्रिय जनगणनाको तयारी तीव्र पारिएको छ । यही चैत १ गतेदेखि जिल्ला जनगणना कार्यालय स्थापना गरी तयारीलाई तीव्र पारिएको हो । चितवनसहित नवलपरासी पूर्व र पश्चिम कार्यक्षेत्र रहेको कार्यालयमा जनगणनाका लागि ८९५ गणक र २०३सुपरिवेक्षकको दरबन्दी प्राप्त भएको छ । उनीहरुलाई तालीम दिन जिल्लामा तीन महिलासहित ३४ गणक प्रशिक्षक खटाइँदैछ ।
चितवनमा सात स्थानीय जनगणना कार्यालय रहनेछन् । सोअन्तर्गत भरतपुर, गीतानगर, चनौली, माडी, टाँडी जुटपानी र भण्डारामा कार्यालय रहनेछ । भरतपुर महानगगरपालिकामा तीन तथा माडी, रत्ननगर, राप्ती र कालिका नगरपालिकामा एकएक कार्यालय स्थापना गरिने जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले जानकारी दिए ।
इच्छाकामना गाउँपालिका क्षेत्रलाई जुटपानी जनगणना कार्यालयले हेर्नेछ । सातै स्थानमा स्थानीय जनगणना समन्वय समिति गठन गर्ने तयारीमा रहेको उनले बताए । समितिका प्रमु्खमा स्थानीय जनगणना अधिकारी रहने व्यवस्था छ । राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश– २०७६ बमोजिम चितवनमा जिल्ला जनगणना समन्वय समिति गठन गरिसकिएको छ ।
प्रमुख जिल्ला अधिकारीका संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो जसमा प्रमुख कोष नियन्त्रक, प्रमुख प्रहरी उपरीक्षक, शिक्षा एकाइ प्रमुख, महानगरपालिकाका अधिकृतस्तरका कर्मचारी, जिल्ला समन्वय अधिकारी र जिल्ला जनगणना अधिकारी सदस्य सचिव रहने व्यवस्था छ । गणनाका लागि आवश्यक सामग्री चितवनमा आइसकेको र भण्डारण गरिएको जिल्ला जनगणना अधिकारी भण्डारीले जानकारी दिए । गणनाका लागि जिल्लाका सबै स्थानीय निकायमा पत्राचार गरिसकिएको उनले बताए ।
विसं १९६८ देखि प्रत्येक १०÷१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महत्वको हुनेछ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको छ । कोही नछुटोस्, कोही नदोहरियोस् भन्ने उद्देश्यले सबैका घरमै पुगेर गणना गरिँदैछ । यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमूना छनोट विधिबाट जनगणना गरिएको थियो ।
यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ । “विगतमा बहुविधिबाट जनगणना हुन्थ्यो । यसपटक एकल विधिबाट जनगणना गर्दैछौंँ”, जनगणना अधिकारी भण्डारीले भने, “पहिले आठ घरमध्ये एक घर हुन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ ।” पारिवारिक विवरण तथा घरपरिवारको सूचीकरण सुपरीवेक्षकले स्थानीय तहमा पुगेर सङ्कलन गर्नेछन् । यो काम आगामी वैशाख २६ देखि जेठ १८ गतेसम्म हुनेछ । मुख्य प्रश्नावलीका लागि गणक घरघरमा पुग्नेछन् । जनगणनामा घरधनी बसोबास नगर्ने घर÷भवन÷मल पनि समेटिँदैछ ।
अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ । सुपरीवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् । गाउँ र शहर छुट्याउने गरी प्रश्नावली तयार गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार
असार १, २०८१ शनिबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
विश्वकपमा नामिबियामाथि इङल्याण्ड ४१ रनले विजयी
असार २, २०८१ आइतबार
तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै
असार २, २०८१ आइतबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
म्याग्दीको बेनी–पाखापानी सडक स्तरोन्नति सुरु
असार २, २०८१ आइतबार
युरोकपमा इटालीको विजयी सुरुवात
असार २, २०८१ आइतबार
सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
असार २, २०८१ आइतबार