रामग्रामका शहरी पूर्वाधार निर्माणमा विश्व बैंकको सहयोग
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार २१:३:१९
१२ चैत,परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकामा शहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । यसका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शाहकीय र पूर्वाधार आयोजना र नगरपालिकाबीच सम्झौता भएको छ ।
उक्त आयोजनामार्फत रामग्रामलाई रु ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुनेछ । नयाँ बन्ने शहरलाई व्यवस्थित गर्न र दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले सो बैंकमार्फत रामग्रामलाई रु ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुन लागेको नगर प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए । विश्व बैंकले सरकारलाई दिने सहुलियत ऋण शहरी विकास मन्त्रालयमार्फत उपलब्ध हुन लागेको हो । उक्त सहयोग नगरपालिकाको विशेष महत्व राख्ने सडक र फोहर व्यवस्थापनको क्षेत्रमा लगानी गरिने उनले बताए ।
यस परियोजना अन्तर्गत परासीदेखि पाल्ही क्याम्पस हुँदै भारतीय सीमा जोड्ने र औँचावलदेखि भुसुनापुर जोड्ने सडकको स्तरोन्नति प्राथमिकतामा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले परिपथ निर्माणको तयारी पनि गरिरहेको जनाएको छ । “नयाँ बन्ने शहर व्यवस्थित होस् र नगरपालिकको आन्तरिक क्षमताको पनि विकास होस् भन्ने उद्देश्यले अनुदान सहयोग प्राप्त हुन लागेको हो, यो सहयोगले नगरको मुहार परिवर्तन गर्छ भन्ने हामीले विश्वास लिएका छौँ”, उनले भने ।
सो परियोजनामार्फत कार्यान्वयन गरिने योजनाको छनोट, कार्यान्वयन, अनुगमन र नियमन नगरपालिकाले नै गर्नेछ । चालू आवमा योजना छनोट गरी प्राविधिक काम सक्ने र आगामी आवदेखि योजना कार्यान्वयनमा लैजाने गरी तयारी शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नै सञ्चालन गर्न लागेको यो सबैभन्दा ठूलो परियोजना हो । परियोजना अन्तर्गत कार्यान्वयन गरिनेप्रति आयोजनाको लागत कम्तीमा रु २० करोड भन्दा माथिको हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए । यो परियोजना अन्तर्गत सञ्चालन हुने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
रामग्राम जिल्लाको सबैभन्दा पुरानो नगरपालिका हो । भगवान् गौतमबुद्धको अस्तुधातु रहेकोस्थल रामग्राममा नै रहेको छ । नगरपालिकालाई लुम्बिनीसँग जोडेर सफा, सुन्दर र हराभरा बनाउने अभियानलाई समेत परियोजनाले टेवा पु¥याउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको नीति तथा कार्यक्रम, पुरानाले नै पाए निरन्तरता
जेठ २१, २०८१ सोमबार
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीमा विद्युत् सेवा अनियमित हुँदा नेपालगञ्जमा जनजीवन कष्टकर
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
अध्यागमनका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था
जेठ २१, २०८१ सोमबार
अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
जेठ २१, २०८१ सोमबार
नेपाली सेनाद्वारा प्राकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम
जेठ २१, २०८१ सोमबार
पाकिस्तानी विमान कम्पनीमा ईयूको प्रतिबन्ध कायम रहने
जेठ २१, २०८१ सोमबार
नेपालले राष्ट्रिय स्वेच्छिक समीक्षा प्रतिवेदन तयार पार्ने
जेठ २१, २०८१ सोमबार
जापानमा ६.० म्याग्निच्युडको भूकम्पको धक्का महसुस
जेठ २१, २०८१ सोमबार