सेफ सन्तोषलाई नबिल बैंकको सम्मान, गृहनगरमा ई–पुस्तकालय बनाउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार २२:२४:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/nabil-bank-1_5D9u8dCHZS.jpg)
१२ चैत, काठमाडौं । सेफ सन्तोषलाई नबिल बैंकको सम्मान गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज् अफ नेपालको आयोजना गर्न थालेको हो ।
हिरोज् अफ नेपालको दोस्रो संस्करणमा भने नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौंको माया पाउन सफल सेफ सन्तोष साहलाई बैंकले सम्मान गरेको हाे ।
सेफ सन्तोष शाहले यु.के. को मास्टरसेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका थिए ।
सेफ सन्तोष साह, अनिल केशरी शाह र सुश्री अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, सेफ सन्तोष साहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा बोल्नुका साथै उनको जीवन र यात्राका चुनौतीहरू पनि वर्णन गरेका थिए । उक्त कार्यक्रममा बैंकको उच्च व्यवस्थापनतहका अधिकारिहरूको समेत उपस्थिती थियो ।
नबिल बैंकले सेफ साहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको जनाएको छ । सेफ साहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
युवाहरूलाई आफ्नो जीवनमा केही ठूलो काम गरिहन उत्प्रेत गर्ने नबिल बैंकले आगामी दिनहरूमा यस श्रृंखलालाई निरन्तरता दिने संस्थागत संचार बिभाग प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाछापुच्छ्रे् बैंकको मोबाइल बैंकिङ प्लेटफर्ममार्फत एनसेल रिर्चाज गर्न पाइने
असार ९, २०८१ आइतबार
आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
असार ७, २०८१ शुक्रबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार