सीमानाकामा घर फर्कनेको लर्को, संक्रमण न्यूनीकरण तथा नियन्त्रणमा बेवास्ता
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १४:५६:४०
१३ चैत,काठमाडौं । स्वदेशमा रोजगार नपाएपछि दैनिकी चलाउन भारत पसेका नेपालीहरु कोरोना भाइरसको त्रासले पुन: स्वदेश फर्किन थालेका छन् । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि त्यहाँ गएका नेपालीहरु फेरी लकडाउन हुन सक्ने त्रासका कारण धमाधम स्वदेश फर्किन शुरु गरेका हुन।
नेपाल भारतका सीमानाकामा केही दिन यतादेखि घर फर्कने नेपालीहरुले लामो लाइन देख्न सकिन्छ । अघिल्लो साल चैत महिनाको दृश्य सम्झाउने गरी पुन ती नाकाहरुमा घरफर्कने हरुको भिड बढेको स्थानीय प्रशासनले जनाएको छ।
विशेषगरी कञ्चनपुरको गौरीफन्टा, गड्डाचौकी, बैतडीको झुलाघाट , नेपालगन्ज–रूपैडिया, कपिलवस्तुको कृष्णनगर र रुपन्देहीको भैरहवा लगायतका नाकामा आवगमन बढेको हो । ती नाकाहरुमा भारतबाट फर्किने नेपालीको लर्को नै लाग्ने गरेको छ । केही महिना अगाडि कोरोना महामारीकाबीच रोजगारी खोज्दै भारत जानेको यस्तै भीडभाड थियो ।
भारतबाट फर्किनेहरुमध्ये केहीमा कोरोना भाइरसको सङ्क्रमण एवम् लक्षणहरु देखिएको छ । सीमानाकामा स्थपना गरिएका हेल्थ डेक्समा पनि प्रभावकारी रुपमा संचालनमा नआउदा काेरोनाको दोस्रो लहर फैलने चिन्ता स्थानीयले गरेका छन् । सीमानामा हेल्थ डेक्स संचालनमा नभएको केवल नाम र विवरण मात्र टिप्ने गरेको घरफर्कनेहरुले बताएका छन् । संक्रमण न्यूनीकरण तथा नियन्त्रणमा बेवास्ता गर्दा नेपालमा पनि कोरोनाको दोस्रो लहर आउन सक्ने चिन्ता जनस्वास्थ्य विद्हरुले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार