दमक अस्पतालबाट नाक, कान, घाँटीको शल्यक्रिया शुरु
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १६:१७:२२
१३ चैत, काठमाडौं । लामो प्रतिक्षापछि दमकबासिको आवश्यकता र चाहना पुराभएको छ । हालसम्म दमकमा नाक, कान, घाँटीको उपयुक्त र भरपर्दो शल्यक्रियाका कुनै पनि सेवा उपलब्ध थिएनन् । जसका कारण दमकबासीहरु नाक, कान, घाँटीको सामान्य उपचार गराउन पनि धरानको घोपाक्याम्प वा विराटनगर जानुपर्ने आवश्यकता थियो । जसमा दमकबासी नागरिकको समय र पैसा दुवै खर्च हुने गरेको थियो ।
दमकबासी लगायत आसपासका नागरिकका लागि अब दमक अस्पतालले सुविधा सम्पन्न उपकरणसहितको विशेषज्ञ डाक्टरको व्यवस्थापन सहितको सत्यक्रिया सञ्चालनमा ल्याएको छ । यसले दमकबासीको मुहारमा खुसी ल्याउने काममात्रै गरेको छैन दमकबासीको मनसमेत जितेको छ।
विगतमा सञ्चालन भैरहेका स्वास्थ्यसेवाहरु समेत अत्यन्तै प्रभावकारी रुपमा अघि बढिरहेको अवस्थामा विगत महिनादेखि नाक, कान, घाँटीको सल्यक्रिया सहितको सेवासमेत सञ्चालनमा ल्यउन सफलता मिलेको दमक अस्पतालकी सुचना अधिकारी तथा एनेस्थोसिया असिस्टेन्ट देवि दङ्गालले नेपालबहस डटकमलाई बताएकी छिन । दमक अस्पतालमा पहिलो पटक Tonsillectomy (टन्सिलअप्रेसन) सफलतापुर्बक सम्पन्न गर्न सकिएकोमा सिङ्गो दमक अस्पताल टिम अहिले अत्यन्तै खुसी देखिएको छ ।
पाकिस्तानबाट पाकिस्तान सरकारको छात्रवृत्ति कार्यक्रम अन्तर्गत एम. बि.वि.एस गरेका साथै पुर्वाञ्चलकै सुविधासम्पन्न धरान स्थित घोपाक्याम्पबाट नेपाल सरकारकै छात्रवृत्तिमा नाक, कान, घाँटीमा एम।एस। गरेका डा. अरुण सापकोटा दमक अस्पतालमै कार्यरत छन् । उनै डा. सापकोटाको अथक प्रयासबाट शुरुगरिएको विशेषज्ञ सेवा लिन अहिले दैनिक सयौंको सङ्ख्यामा नाक, कान, घाँटीको समस्या भएका विरामीहरु उपचार गराउन थालेको सुचना अधिकारी देवि दङ्गाल बताउँछन् । दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट खड्ग लिम्वुको हौसलापुर्ण साथ र उत्प्रेरणाले यो सेवा यति छिट्टै दमक अस्पतालले सञ्चालनमा ल्याउन सकेको नाक, कान,घाँटीका वरिष्ट डा. अरुण सापकोटाको ठम्याइँ रहेको छ ।
नेपाल सरकारको पुर्णस्वामित्व भएको दमक अस्पतालबाट उक्त सेवा प्रदान हुनथालेपछि अब कुनै पनि व्यक्ति गरिब, विपन्न र आर्थिक अभावका कारण उपचार गर्नबाट वञ्चित हुन नपर्ने वातावरण मिलाईएको सुचना अधिकारी दंङ्गालको भनाई रहेको छ । सबैको साथ र सहयोग पुग्ने हो भने दमक अस्पतालबाट आगामी दिनमा अझबढी सेवाहरु थप गर्दै जान सकिने कुरामा अस्पताल श्रोत विश्वस्त रहेको छ।
दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीको प्रत्यक्ष अनुगमन, सहयोग र समन्वयकारी भुमिकाका कारण पनि दमक अस्पतालले छोटो समयमै धेरै उपलब्धिपुर्ण सेवाहरु प्रदान गर्न सकेको आम दमकबासीहरुको बुझाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
तिहारमा माइती जाने महिलालाई युवाद्वारा निःशुल्क मोटरसाइकल सेवा
कात्तिक १६, २०८१ शुक्रबार
मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार
भक्तपुर पुगेर प्रधानमन्त्री र संस्कृतिमन्त्रीले भने, नेपाल भाषालाई पाठ्यक्रममा समावेश गराइन्छ
कात्तिक १७, २०८१ शनिबार
सांस्कृतिक पहिरनसहित काठमाडौंको वसन्तपुरमा धुमधामसँग मनाइयो नेपाल संवत्
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार