प्रविधिको प्रयोगले पर्यटन क्षेत्रलाई व्यवस्थित गराउन सकिने
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १८:१:५५
१३ चैत,पोखरा । प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिनसके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिने बताइएको छ । पोखरा पर्यटन परिषद्ले संस्थामा आबद्ध पर्यटन व्यवसायीका लागि आयोजना गरेको दुईदिने ‘डिजिटल मार्केटिङ एण्ड सोसल मिडिया’ तालीमको समापनमा सहभागी वक्ताहरुले प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिनसके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिने धारणा राखे ।
सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख प्रमुख काशिराज भण्डारीले प्रविधिले छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताए । उनले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएकाले यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गरे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालीममा परिषद्का संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्नसके व्यावसायिक सफलता हासिल गर्न सकिने बताए । कोभिड–१९ का कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै अब प्रविधिका माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नवीनतम् सोचको खाँचो औँल्याए ।
परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालीमले सघाउ पु¥याउने विश्वास व्यक्त गरे । तालीमका प्रशिक्षक पारस देवकोटाले सहभागीले डिजिटल र सोसल मिडियाका बारेमा विभिन्न जिज्ञासासहित सहभागिता जनाएको बताए । परिषद्सँग आबद्ध १२ संस्था करीब १०० पर्यटन व्यवसायी तालीममा सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
अमेरिकसहित चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
मंसिर १६, २०८१ आइतबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार