अब सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई कारबाही
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार २१:८:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/sajabus-1672020121738-1000x0-1_9OCSXYqGbY.jpg)
१३ चैत, काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा पनि उच्च सर्तकता अपनाउन थालिएको छ । संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताए । बैठकमा सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमताअनुसार यात्रुहरू राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।
यस्तै बैठकमा भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्वसावधानी अपनाउने सम्बन्धमा छलफल भएको छ । सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।
कोभिड संक्रमणको दोस्रो लहर आउन सक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारकेश्वरले तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने
असार ९, २०८१ आइतबार
नदी सफाइ गर्दै काठमाडौं महानगर
असार ९, २०८१ आइतबार
पशुपति तिलगंगा आवास क्षेत्रका संरचना हटाइने, खाली गर्न १५ दिने सूचना
असार ४, २०८१ मंगलबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
प्रधानमन्त्रीले कुनै निर्णय नदिएपछि राजीनामा दिने तयारीमा मुख्यसचिव अर्याल
असार ९, २०८१ आइतबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
असार ९, २०८१ आइतबार
रुकुम पश्चिममा भीर मौरीको टोकाइबाट १३ जना घाइते
असार ९, २०८१ आइतबार
निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव गडतौलालाई
असार ९, २०८१ आइतबार
चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन
असार ९, २०८१ आइतबार
‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला
असार ९, २०८१ आइतबार
मकवानपुरमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, चार बिरामी
असार ९, २०८१ आइतबार