नेपाल र रावलमाथि कारवाहीको डण्डा चलाउने र चालु अधिवेशन अन्त्य गर्ने ओलीको तयारी
नेपालबहस संवाददाता
चैत १३, २०७७ शनिबार २:५९:३१
१३ चैत, काठमाडौं । माधव नेपाल पक्षले केन्द्रीय समिति बैठक राखेको दिन पार्टी संसदीय दलको बैठक राख्दै प्रधानमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले आफ्नो पूर्ववत निर्णयवाट पछि नफर्कने अडान दोहोराएका छन् । सर्वोच्च अदालतले एमाले ब्युँत्याइ दिएपछि पहिलो पटक बरिष्ठ नेता माधब नेपालपक्षका सांसदहरुको समेतको सहभागीता रहेको बैठकमा ओलीले मुख्यत चार सन्देश दिएका छन् ।
नेपाल र रावलमाथि कारवाहीको डण्डा: पार्टी संसदीय दलको शुक्रबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल छोटो समयका लागि उपस्थित भए । बैठकको शुरुमै खनालले पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको सांगठनक संरचनामा फर्किन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आग्रह गरे । यो बीचमा गरेका निर्णय फिर्ता लिन आग्रह गर्दै त्यसैले पार्टीलाइ पुनर्जिवन दिने र पार्टी एकता बलियो हुने धारणा राखे । उनको धारणमा साथदिदै घनश्याम भूसाल, नेता योगेश भट्टराई ,गोकर्ण विष्ट लगायतका नेताहरुले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउदा सवै समस्या समाधान हुने जोड दिए । फागुन २८ को निर्णयबाट फिर्ता लिन आग्रह गरे । तर ओली कतिपनि टसमस भएनन् ।
पूर्ववत निर्णयबाट पछि फर्कन नसक्ने अडान दोहोराए । उल्टै पार्टी बरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी उपाध्याक्ष भिम रावलले पठाएको स्पष्टीकरण पत्रको जवाफ कारवाही गर्न योग्य रहेको भन्दै नेपाल र रावलमाथि कारवाहीको डण्डा चलाउने स्पष्ट संकेत गरे । यसबाट प्रधानमन्त्री ओली नेपाल पक्षको माग संवोधन गर्न कुनै समझौता गर्ने मनस्थितिमा छैनन् भन्ने स्पष्ट भएको छ । उनि अझै पनि नेपाल-खनाल पक्षलाई बाहिर राखेरै अघि बढने नेता नेपाल र रावलमाथि कारवाहीको दण्डा चलाएर पार्टी कब्जा गर्ने रणनीतिमा रहेको सन्देश शुक्रबारको संसदीय बैठक बाट दिएका छन् ।
सरकारको निरन्तरता आश, जसपाको साथ: संसद पुनःस्थपना पछि धेरैलाई लागेको थियो । अब ओली नेतृत्वको सरकार विदाइ निश्चित छ । नयाँ सरकार गठन हुने वा संसदमा अविश्वासको प्रस्ताव जाने छ । तर अदालतबाट संसद पुन स्थपना भएको एक महिना वितिसक्दा अवस्था अनुमान गरेभन्दा निकै फरक छ । कुने वेला ओलीलाइ परम शत्रु देख्ने मधेशबादी दल अहिले उनकै सत्तासारथी र सरकारो टेको बन्न खुट्टा उचाल्ने अवस्था ओलीले नै सृजना गराइसकेका छन् ।
ओलीको कटर विरोध गर्ने मधेशी नेताहरु नै ओली सरकारले आफ्ना माग संवोधन गर्ने भन्दै पार्टी विभाजन गरेर भएपनि ओलीलाई साथ दिनुपर्ने मनस्थितिमा पुगेका छन् । बालुवाटारमा दिनहुँजसो हुने बैठकहरुले पनि मधेशबादी दल र ओलीसँग सहकार्य गर्न तयार रहेको संकेत गरेको छ । यही परिस्थितिका बीच शुक्रबारको बैठकमा ओलीले सरकारले आगामी बजेट ल्याउने भन्दै बजेट निर्माणका लागि अर्थमन्त्री विष्णु पौडेललाई संसदहरुको सुझाब माग्न मात्र लगाएनन् ।
बजेट अधिवेशनमा सक्रिय सहभागिताका जनाउन समेत आग्रह गरे । यसबाट ओलीले के सन्देश दिएका छन् भने उनको सत्ता चाडै ढल्नेवाला र गल्ने वाला छैन । मधेशकेन्द्रीत दलहरुसँग उनि सहमती नजिक पुगेका छन् । एक प्रकारको सहमति वनीसकेको छ । सरकार झन -झन बलियो र सुरक्षित रहेको सन्देश उनले सांसदहरुलाई दिएका छन् ।
चालु अधिवेशन छिटै अन्त्य गरिने: प्रधानमन्त्री केपी शर्मा ओलीले चालु अधिवेशन छिटै अन्त्य गर्ने सकेत पनि शुक्रबारको बैठकमा गरेका छन् । संसदको चालु अधिवेश अब धेरै लामो जान नसक्ने र अधिवेशन उत्तरार्धमा रहेको भन्दै संसदीय दलमा ओलीले बजेट अधिवेशनसँग सम्वन्धित विषयमा छलफल चलाउनुले अब केही दिन भित्र संसद अधिवेशन अन्त्तय हुने संकेत मिलेको छ । प्रतिपक्षी दलहरुले सदनमा विजेनेश नभएको गन गन गरिरहँदा ओलीले अबको १ साता भित्र नै संसदको पाँचौ संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरे कुनै नौलो नमान्दा हुन्छ । आफ्ना संसदहरुलाई बजेट अधिवेशनमा जुटन गरेको आग्रहले प्रतिनिधि सभाको चालु अधिवेशन चाडै अन्त्य गरिदै छ भन्ने विषय प्रष्ट पारेको छ ।
संसदीय समितिमा सभापति हेरफेरः शुक्रबारको संसदीय दलको बैठकको शुरुमै प्रधानमन्त्री ओलीले संसदीय समितिका समितिहरुको सभापति हेरफेर हुन सक्ने बताए । अदालतले पूर्व एमाले र माओवादी केन्द्रलाई आफ्नै अवस्थामा पुर्याइदिएपछि अव संसदीय समितिको नेतृत्वमा पनि परिवर्तन हुने भन्दै कतै आफुले लिनुपर्ने कतै छोडनु पर्ने अवस्था रहेको बताए ।
त्यसको अध्यान रिपोटिङ्गका लागि समेत संसदहरुलाइ आग्रह प्रधानमन्त्रीले गरे । “माओवादी केन्द्रसँग सगैंजान सक्ने अवस्था छैन । संसदीय समितिमा पनि नेतृत्व फेरवदल हुन सक्छ। तपाईहरु पनि त्यसरी तयारी गर्नुहोस । कहाँ छोडनु पर्ला, कहाँ लिनुपर्ला त्यसको गृहकार्यमा लाग्नुहोस । ओलीलको भनाई उदृत गर्दै बैठकम सहभागि सांसदले भने । यसबाट ओली संसदीय समितिमा समेत नेतृत्व हेरफेर गर्ने सोचमा रहेको र त्यसको अंकगणित मिलानको गृहकार्य जनता समाजबादी दलसँग भएको सकेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार