नेताहरुद्वारा दु:ख व्यक्त,कांग्रेसले बोलायो आकस्मिक बैठक
नेपालबहस संवाददाता
चैत १३, २०७७ शनिबार ४:५८:३९
१३ चैत, काठमाडौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले दु:ख व्यक्त गरेका छन् । नेताहरुले सामाजिक सञ्जाल मार्फत जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै जोशीको निधनको खबरले आफू मर्माहित भएको भन्दै निधनप्रति गहिरो दुःख एवम् संमवेदना प्रकट गरेका छन् ।
“नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। देउवाले टुइट् गरेका छन् ।
यसै गरी नेपाली कांग्रेस बरिष्ट नेता रामचन्द्र पौडेलले शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै भनेका छन् । ‘आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको खबरले मर्माहत बनाएको’ बताएका छन्।‘नेपाली कांग्रेसका भरोसायोग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउँदा म पीडा सहन नसक्ने अवस्थामा छु’
यसै बीच केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेमा भोली विहान ११ ः३० बजे बोलाइएको पार्टी कार्यालयले जानकारी दिएको छ। मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म स्व जोशिको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
केही हप्तादेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार साँझ निधन भएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार