उपाधिका लागि चुली युवा क्लब र रुकुम पश्चिमबीच प्रतिष्पर्धा हुँदै
नेपालबहस संवाददाता
चैत १४, २०७७ शनिबार १६:२८:२०
१३ चैत, कर्णाली । प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक चुली युवा क्लब सुर्खेत र रुकुम पश्चिमको टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा चुली युवा क्लबले सल्यानलाई तथा रुकुम पश्चिमले हाम्रो कम्प्युटर इन्स्टिच्युटलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । घरेलु टोली चुली सल्यानलाई तीन शून्यको सोझो सेट पराजित गर्दै उपाधि नजिक पुगेको हो । जिल्ला खेलकूद विकास समिति अगाडिको मैदानमा हुने प्रतियोगितामा यी दुवै टोली पहिलोपटक आमनेसामने हुँदैछन् ।
अपराजित यात्रा कायम राख्दै उच्च मनोबलका साथ फाइनलमा पुगेको चुली पाहुना टोलीलाई हराउँदै उपाधि रक्षा गर्ने दाउमा छ । त्यस्तै रुकुमपश्चिम भने चुलीलाई उसकै मैदानमा हराएर उपाधि आफ्नो पोल्टामा पार्ने योजानाका साथ मैदान उत्रिने रणनीतिमा छ ।
समूह चरणको पहिलो खेलमा सिम्तासँग पराजित भएको रुकुमपश्चिमले सेमिफाइनलमा भने उत्तरपश्चिम पृतनाको आर्मी क्लबको टोलीलाई हराएको हो । आज तेस्रो र सान्तवना स्थानका लागि हाम्रो कम्प्युटर इन्स्टिच्युट र सल्यानको बनगाड कुपिन्डे भिड्ने भएका छन् । सुर्खेतको चुली युवा क्लबले पहिलोपटक प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो । विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख ५० हजार प्रदान गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार