प्रसाईप्रति श्रद्धाञ्जली व्यक्त गर्न डा. शेखर झापामा
नेपालबहस संवाददाता
चैत १४, २०७७ शनिबार २०:४:४५
१४ चैत, झापा । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा चौधौं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइराला झापा आएका छन् ।
प्रजातन्त्रका अथक योद्धा तथा नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादका लेखक तथा ब्याख्याता सि.के. प्रसाई (भरतबाबु) कि धर्मपत्नि गिरिराज कुमारी प्रसाईको असामयिक निधन प्रति श्रद्धाशुमन व्यक्त गर्न डा. शेखर आज बिराटनगर हुँदै झापा आएका हुन् ।
प्रसाई निवास विर्तामोड जाने क्रममा आज बिहान झापाको दमकमा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुद्धारा भब्य स्वागत गरिएको छ । नेपाली कांग्रेसका क्षेत्र नं. ५ का क्षेत्रिय सभापति ढुंढिराज भण्डारी, नेपाल महिला संघ दमककी अध्यक्ष मन्धरा चिमरिया पौडेल लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुको छोटो भेटघाटको क्रममा नेता डा. शेखरले आफु झापा कांग्रेसको सकृयता र पार्टी प्रतिको उत्साहजनक कार्यले आगामी दिनमा कांग्रेसको भबिष्य आफुले उज्वल देखेको बताएका छन् ।
झापामा आफुले युवाहरुको नेतृत्वदायी भूमिका देख्न चाहेको बताउँदै डा. शेखरले अब कुनै गुट उपगुटको पछि नलागी सिंगो नेपाली कांग्रेसको चारतारे झण्डा बोकेर अघि बढन दमक कांग्रेसका नेताहरुलाई आग्रह समेत गरेका थिए ।
अन्य जिल्लामा भन्दा बढी झापामा नेपाल महिला संघको सकृयता देखेर आफु अत्यन्तै उत्साहित भएको बताउँदै उनले आगामी महाधिबेशनमा महिलाको प्रतिनिधित्व बिधानमा हैन कार्यान्वयन तहमै भएको देख्न पाइने विश्वास दिलाए । एकजना महिलामा दशजना पुरुषको भन्दा बढी नेतृत्व गर्ने क्षमता हुन्छ भन्दै कोइरालाले सि.के.प्रसाई बन्नमा गिरिराज कुमारी भाउजुको अत्यन्तै ठूलो साथ, सहयोग र हौसला रहेको समेत बताए ।
सि.के. प्रसाईको नीजि निवास विर्तामोड पुगेर डा. शेखरले स्व. गिरिराज कुमारी प्रति हार्दिक श्रद्धाशुमन अर्पण गरे । कोइरालाले आफु सि.के.प्रसाईको बिद्धता र समर्पणबाट अत्यन्तै प्रभावित भएको भन्दै उनीसँगको प्रत्येक भेटमा एउटा नयाँ बिचारधारा जन्मने गरेको र एउटा छुट्टै जोश, जाँगर सहितको उर्जा प्राप्त हुने गरेको स्मरण गरे ।
आफुलाई झापा आउदा बेग्लै शक्ति प्राप्त भएको अनुभव हुने गरेको बताउने डा. शेखले झापा जिल्लासँग आफ्नो अत्यन्तै ठुलो आत्मियता रहेकोसमेत बताए । बिर्तामोडमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर कोइराला आजै बिराटनगर फर्कने कोइरालाको स्वकिय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार