माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि सहज छैंन ओलीको बहिरगमन !
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १५:२७:८
१६ चैत,काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनअघि राजधानीमा भएको एक कार्यक्रममा सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिइने बताए । उनको त्यो अभिव्यक्ती पछि अब माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछिको राजनीतिक परिदृश्य कस्तो रहला भन्ने विषयमा विश्लेषण सुरु भएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा पुनः स्थपना पछि नयाँ सरकार निर्माणका लगि पटक पटक प्रस्ताव राख्दा पनि ओली सरकारको विकल्पका रुपमा नयाँ सरकार बनाउन गठबन्धन निर्माणका लागि कांग्रेस र जनता समाजबादी दलले इच्छा देखाइरहेका छैनन् ।यस्तो अवस्थमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिदा त्यस पछिको अवस्था के होला भन्ने सर्वत्र चासो छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिदा सरकार अल्पमतमा पर्छ । सरकारका अगाडी नैतिकता प्रश्न मात्र होइन संविधान अनुशार एक महिना भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने बाध्यता आइलाग्छ । यी परिस्थिति श्रृजना हुँदैमा ओली सरकार ढल्ने वा नयाँ सरकार बनि हाल्ने अवस्था भने आउदैन । ओलीको सत्ता बहिरगमन माओवादी केन्द्रले समर्थन फिर्ता लिए जस्तो सहज देखिदैन ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । त्यो मत लिन नसके मुलुक नयाँ सरकार गठनको बाटोमा जान्छ । तर ओली मुलुकालाई नयाँ सरकार निर्माणको बाटोमा जान नदिने गरी माओवादीले समर्थन फिर्ता लिएको खण्डमा राजपाको टेको खोजिरहेका छन् । त्यसको प्रयासमा रहेको देखिन्छ ।
माओवादीले समर्थन फिर्ता लिएपछि पहिलो त राजापाको विश्वास लिएर यही सरकार जोगाउने, त्यो सफल नभए जसपालाई माओवादी केन्द्र र नेपाली कांग्रेसँग गठवन्धन गर्न नदिने नया सरकार बन्न नदिने र त्यस्तो अवस्था आए जसपा विभाजन आधार तयार गर्नुका साथै आफुनै सत्तामा रहिरहने र पुनः संसद विघटन गरी मुलुकलाई निर्वाचनमा लाने दाउमा ओली रहेका छन् ।
जसपाले उनिसँग राजनीति वार्तालाई निरन्तरता दिनु, कांग्रेस सभापति शेर वहादुर देउवाले कांग्रेस प्रतिपक्षी हो अविश्वासको प्रस्ताव दर्ता गर्दैन र सरकार बनाउन लाग्दैन भन्ने अभिव्यक्ती दिनुले माओवादी केन्द्रको समर्थन फिर्ता पछि पनि ओली सरकार कै निरन्तरता रहने मुलुक मध्यवधिक निर्वाचनमा जाने कुरालाई संकेत गरेको छ ।
यता गठवन्धन सरकार बन्न नसको अवस्थमामा संसदको सवै भन्दा ठुलो दलको संसदीय दलकोँ संसदीय नेताको रुपमा राष्ट्रपतिले पुन ओलीलाई नै प्रधानमन्त्री चयन गर्ने छिन् । यसरी ओली यसरी सरकारमा आएपनि उनले १ महिना भित्र पुन विश्वसको मत लिनु पर्ने हुन्छ । विश्वासको मत नपाए संविधन अनुशर सरकार निर्माणको चौंथो विकल्पमा प्रवेश नगरी पुनः संसद भंग गरी निर्वाचन घोषणा गर्ने तयारीमा ओली रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार