विराटनगरमा होली पर्वको उल्लास

नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १८:३९:१८

१६ चैत,विराटनगर । नेपालीहरुको उल्लासपूर्ण चाड होली पर्वको अवसरमा आज यहाँ युवायुवती एकआपसमा रङ दलेर रमााईलो गरिरहेका छन् । देशमा शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्लपूर्णिमाका दिन मनाइने भएकोले आफन्तसँगको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्ष बढाइँका साथ होली पर्वको शुभकामना आदानप्रदान गरिरहेको पाइयो ।
आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने यसपर्वको अवसरमा सबैले तीता कुरा बिर्सेर आपसी सम्बन्ध बनाउन पर्वले हौसला दिने भएकोले यसमा कसैले पनि दुरासय, मनमुटाव राख्न हुने बुद्धिजीवीहरुको भनाइ छ । समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्न र भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्र्वद्धन तथा विकास गर्न मद्दत गर्ने यस पर्वले सबैलाई सही र नयाँ काम गर्न प्रेरणा मिल्नुपर्ने आवश्यकता देखिएको छ ।
कर्मचारी मिलन केन्द्रद्वारा आज बिहान राखिएको होली मिलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यो पर्वले सबैलाई राम्रो काम गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका थिए । केन्द्रका अध्यक्ष टङ्क गौतमले आजको रङ्ग र अवीरको पर्वले हामीसबैलाई सुख र शान्ति मिलोस् शुभकामना दिए ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाद्वारा आज यहाँ आयोजित होली मिलन कार्यक्रममा उपस्थित सबै सञ्चारकर्मीले एकआपसमा रङ दलेर रमाईलो गरेका छन् । पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी क्रियाशीलता बढाएको छ ।आज बिहानैदेखि विभिन्न मासु पसल र फलफूल र मिठाइ पसलमा सेवाग्राहीको उल्लेखनीय सहभागिता रहेको देखियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार