निलम्बनमा परेपछि नेपाल र रावल बने स्वतन्त्र सांसद !
नेपालबहस संवाददाता
चैत १६, २०७७ मंगलबार २:३१:१३
१६ चैत काठमाडौं । दलको सदस्यवाट ६ महिनाका लागि निलम्बनमा परेपछि एमाले नेता माधव कुमार नेपाल र भिम रावल संघीय सदनमा स्वतन्त्र सांसदको हैसियतमा रहने भएका छन् । नेता नेपाल काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र रावल अछाम निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यम निर्वाचित प्रतिनिधि सभा सदस्य हुन । एमालेले नेताद्वायलाई पार्टीको सदस्यबाट ६ महिनाका लागि निलम्वित गरेसँगै पार्टीको सदस्य नरहेका कारण संसदमा उनिहरुको हैसियत स्वतन्त्र संसदको रुपमा रहने भएक हो । तर यस सम्वन्धी कारवाहीको जानकारी भने एमालेले संसद सचिवालयलाई गराउनु पर्ने छ ।
“पार्टीले कारवाही गरेको वा दल त्याग गरेको सूचना सांसद सचिवालयलाई नदिएसम्म संसद सचिवालयले उहाँहरुलाई नेकपा एमालेकै सांसदको रुपमा चिन्छ । पार्टी सदस्यबाट निलम्वन भएपनि उहाँको सासद पद यथावत नै रहने छ,” । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले नेपालबहससँग भने । पाण्डेका अनुसार नेपाल र रावल स्वतन्त्र सांसद रहने वा एमालेकै सांसद रहनुहुने भन्ने विषय उहाँहरु माथि गरिएको कारवाहीको जानकारी संसद सचिवालमा कसरी आउछ भन्ने विषयमा भर पर्ने छ ।
राजनीतिक दल सम्वन्धी ऐनले भने दल त्याग गरेमा व अर्को दलको सदस्यता लिएमा मात्र सांसद पद स्वत खारेज हुने ब्यावस्था गरेको छ ।हाल सांसद नेपाल र रावल दलको सदस्यबाट निलम्वन मात्र गरेको अवस्था हो । दल त्यागको अवस्था वा अर्को दलको सदस्यता लिएको अबस्था होइन ।
यस्तो छ राजनीति दल सम्वन्धी ऐनमा सांसद पद खारेज हुने अवस्था
३१. दल त्याग गर्न नहुने: (१) दफा ३० मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन ।
(२) उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।
३२. दल त्याग गरेको मानिने: (१) देहायको अवस्थामा सदस्यले दल त्याग गरेको मानिनेछ:–
(क) निजले सम्बन्धित दलको सदस्यबाट लिखित रुपमा राजिनामा दिएमा,
(ख) निजले अर्को दलको सदस्यता लिएमा, वा
(ग) निज आफैले वा निज समेत संलग्न भई अर्को दल गठन गरेमा ।
(२) दफा २८ को उपदफा (३) बमोजिमको विवरण प्राप्त भएपछि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई यस दफाकोअधीनमा रही सम्बन्धित दलबाट निष्कासन गर्न सक्नेछ र त्यसरी कुनै सदस्य निष्कासन भएमा त्यस्तो सदस्य सम्बन्धित दलबाट समेत निष्कासन भएकोमानिनेछ ।
(३) उपदफा (२) बमोजिम निष्कासन गर्नु अघि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ र त्यस्तो प्रयोजनको लागि सम्बन्धित दलले जाँचबुझ समिति गठन गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिमको सफाई प्राप्त भएपछि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यले पेश गरेको सफाई सन्तोषजनक भएको वा नभएको निर्णय गर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम पेश भएको सफाई सन्तोषजनक नभएमा विधानमा व्यवस्था भए बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिले कारण र आधार खुलाई त्यस्तो सदस्यलाई दलको सदस्यताबाट निष्कासन गर्न सक्नेछ ।
स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि निलम्वनको कारवाही गरेका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार पत्र पठाउँदै नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको जानकारी दिएका छन् । यसअघि एमालेले नेता नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो । नेता नेपाल र रावलले स्पष्टीकरणको जवाफमा प्रतिप्रश्न गर्दै ओली स्वयं पार्टी विधि, विधान र संविधानको खिलाफमा गएकाले ओली कारवाहीको भागीदार किन नबन्ने भनेर प्रश्न गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौ+का यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार