नागरिक लगानी कोषको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १३:१०:८
१७ चैत, काठमाडौं । नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने मंगलवार अन्तिम दिन रहेको छ ।
कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीको कोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर चैत ३ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो ।
प्रतिकित्ता रू। १ हजार ५०२ दशमलव ५० तोकिएको उक्त शेयर खरीद गर्न चाहनेले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिने जानकारी बैंकले दिएको छ । पछिल्लो अन्तिम कारोबार दिन चैत १३ गते कोषको अन्तिम शेयरमूल्य ४ हजार ३६७ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार