वार्ता समिति मार्फत जसपा नेताहरुलाई अल्मलाउने ओली रणनीति
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १५:१:११
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी दललाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेपछि त्यसलाई अघि बढन नदिन र जसपा नेताहरुलाई अल्मलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिसँग वार्ता गर्न गृहमन्त्री रामवहादुर थापाको संयोजकत्वमा वार्ता समिति गठन गरेको खुल्न आएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसको साथ लिएर जसपाले नै सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव गर्दै जसपाको नेतृत्वमा सरकार गठन गर्ने विषयमा समर्थन जुटाउन कांग्रेस नेताहरुसँग संवाद सुरु गरेको जानकारी प्राप्तभएपछि प्रधानमन्त्री ओलीले जसपालाई होल्ड गरी राख्न एक एक वार्ता समिति गठन गरेको जसपा नेताहरुले बताएका छन् ।
प्रचण्डको प्रस्तावका विषयमा छलफल गर्न र कांग्रेससँग बार्ता गर्ने विषयमा जसपाको शीर्ष नेताहरुको बैठक बस्न लागेको सुचना पाएपछि प्रधानमन्त्री ओलीले त्यसको एकदिन अघि रेशम चौधरीलाई रिहाइ गर्ने गरी वार्ता अघि बढाउ भन्दै सरकारी वार्ता समिति गठन गरेका हुन ।
‘संभवत् जसपाको आज बस्ने बैठकमा वैकल्पिक सरकारबारे निर्णय गर्ने सम्भावना थियो । सरकारले वार्ता समिति गठन गरेपछि फेरि घटनाक्रम एकाएक मोडिएको छ । वार्ता समिति गठन जसपाका नेताहरुलाई इन्गेज गर्ने प्रयत्न मात्र हो, हाम्रा नेताहरुलाई निर्णय गर्न रोक्ने अलमल्याउने योजनासहित यो आएको हो, जसपा नेताले भने ।
मन्त्रिपरिषदको बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसभासद् भगवती चौधरी सदस्य रहेको तीन सदस्यीय वार्ता समिति बनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार