नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १३:४४:२१
१८ चैत, काठमाडौं । नेप्सेले बुधवार दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको हो ।
यी दुई ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको छ ।
आरम्भ चौतारी लघुवित्त
नेप्सेले आरम्भ चौतारी लघुवित्तको ८ दशमलव ८५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १ हजार ५२५ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात् मंगलवार कायम अन्तिम शेयरमूल्य १ हजार ६६० को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ८५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्नका लागि कम्पनीले आगामी चैत ३१ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा पञ्चकन्या बैंक्वेट काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था
नेप्सेले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको १७ दशमलव ८१ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य २ हजार ३१७ तोकेको छ । कम्पनीको मंगलवार २ हजार ७३० मा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले १७ दशमलव ८१ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न कम्पनीले छैठौं वार्षिक साधारण सभा चैत ३१ गते बोलाएको छ । सो सभा होटल पौवा, भैरहवामा बिहान १०:३० बजे शुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार