जसपा र सरकार सहमति नजिक,कार्यदलको निर्णायक बैठक आज
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १५:३३:४७
१६ चैत, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी सत्ता साझेदारीका लागि सहमति नजिक पुगेका छन् । सहमतिलाई अन्तिम रुप दिन वार्ताका लागि गठित कार्यदल आज निर्णायक बैठकमा बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् । जसपाको माग संवोधन गर्न प्रधानमन्त्री सहमत भएसँगै दुई दल बीच सत्ता समीकरणको सम्भावना प्रबल देखिएको हो ।
सरकारले जसपाका माग सम्बोधन गर्न थारू कल्याणकारी सभासँग वार्ता थालेको र यसले सहमतिको आशा पलाएको जसपा नेताहरुले बताएका छन् । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सकारात्मक देखिएका छन् । जसबाट ओली सरकारको निरन्तरताको संभावना अझ बलियो बन्दै गएको छ।
प्रतिनिधिसभामा एमालेका १२० सांसद छन् भने जसपाका ३२ जना । २७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ जना भए बहुमत पुग्छ । जसपा र एमाले मिले सरकारलाई सुविधाजनक बहुमत हुन्छ तर एमालेको माधवकुमार नेपाल पक्षले फ्लोरक्रस गरे वा जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले असहयोग गरे सरकारलाई बुहमत जुटाउन सहज हुने देखिदैन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पनि नयाँ सत्ता समीकरण निर्माणका लागि आज जसपा नेताहरुसँग निर्णयक वार्ता गर्ने बताइएको छ । सत्ता समिकरणको साँचो मानिएको जनता समाजबादी यतिवेला नयाँ सत्ता समीकरण निर्माणका लागि तानातानमा परेको छ । जसपा भित्र महन्थ र महतो पक्ष ओलीलाइ साथ दिनुपर्नेमा देखिन्छन् भने उपेन्द्र यादव भने ओलीलाई साथ दिन नसकिने अडानमा छन् । ओली सरकारमा जाने वा नजाने विषयमै जसपा विभाजन हुन सक्ने विश्लेषण गरीएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार