उपेन्द्रलाई देउवाको प्रश्न : तपाईकै पार्टीले ओलीसंग कुरा मिलाइरहेको छ, मैले के गर्नु ?
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १४:५४:४६
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका कारण सत्ता समीकरण निर्माणमा विलम्व भएको र निर्णय दिन नसकेको बताएका छन् । सत्ता समीकरणमा निर्णायक देखिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको विकल्पका लागि अग्रसरता लिन आग्रह गरिरहदा देउवाले यस्तो जवाफ दिएका हुन ।
कांग्रेस सभापति देउवासंगको भेटमा यादवले राजनीतिक अग्रसरता बढाउन आग्रह गरेका हुन् । सभापति देउवाले भने पछिल्लो राजनीतिक परिस्थितिबारे आफू राम्ररी जानकार रहेको भन्दै वैकल्पिक सरकार गठनका लागि वातावरण नबनेको जवाफ दिए । मुलत जसपाकै कारण परिस्थिति निर्माण नभएको देउवाको बुझाँइ छ । अहिलेको सरकार हटाउन पहल गरी कांग्रेसकै नेतृत्वमा अगाडि बढने प्रस्ताव यादवले गरिरहदा देउवाले तपाईकै पार्टीले ओलीसंग कुरा मिलाइरहेको छ । मैले के गर्नु ?‘भनि जवाफ दिएको बताइएको छ ।
यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भएपनि आफूहरु ओलीको विकल्प खोज्ने पक्षमा एकमत रहेको विश्वास देउवालाई दिलाउने प्रयास गरेका थिए । जवाफमा देउवाले जसपाले ओलीसंग नमिल्ने औपचारिक निर्णय नगरेसम्म आफू अगाडि नबढ्ने जवाफ दिएका छन् । यता जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्ख्र महतो पक्ष भने प्रधानमन्त्री ओलीसंगै सहकार्यको पक्षमा उभिदै लगातार संवादमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार