पहिलोपटक ‘उसु अवार्ड–२०७७’ आयोजना हुँदै
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १६:१:५५
१९ चैत,भक्तपुर । नेपालको खेलकूद इतिहासमै पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने भएको छ । उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लि कौशलटार र यो यो बेङ्क्वेट सूर्यविनायकको प्रायोजनमा सो अवार्ड प्रदान गरिने भएको हो ।
जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहल एवं नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा आगामी २१ गते शनिबार यो यो बेङ्क्वेटमा एक समारोहबीच पहिलो ‘उसु अवार्ड–२०७७’ प्रदान गरिने भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष एवं यो यो बेङ्क्वेटका सञ्चालक श्रीभक्त कासिछ्वाले जानकारी दिए । उसु अवार्ड वितरणका लागि नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कासिछ्वा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन् ।
कूल पाँच लाख ६० हजारको अवार्ड वितरण कार्यक्रममा नागरिक विकासले नगद पुरस्कारका लागि आवश्यक रकम र योयो बेङ्क्वेटले कार्यक्रम व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी प्रायोजन गरिएको कासिछ्वाले बताए । कार्यक्रममा छ खेलाडीलाई नगदसहित अवार्ड वितरण गरेर सम्मान गरिने भएको छ । उसुको सान्सौं र थाउलोतर्फ समान एक–एक, पुरुष–महिला गरी चार खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उदीयमान खेलाडीका रुपमा एक–एक पुरुष÷महिला गरी दुई खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिने भएको छ ।
आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूद ९साग० को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने अवार्ड वितरण कार्यक्रमका संयोजक महर्जनले जानकारी दिए । उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पुर्याउने एकलाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिने भएको छ भने विगत १० वर्षदेखि उसु प्रशिक्षका रूपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसापत्रबाट सम्मान गरिने भएको छ ।
नेपालमै पहिलोपटक भक्तपुरबाट उसु अवार्ड वितरणको शुरुआत गर्न पाउँदा सिङ्गो भक्तपुरवासीका लागि खुशी र गौरवको कुरा भएको भन्दै समितिका अध्यक्ष एवं योयोका सञ्चालक कासिछ्वाले अवार्ड वितरण कार्यक्रम भव्य बनाउने बताए । पुरस्कारको मुख्य प्रायोजक नागरिक विकासका अध्यक्ष सुब्बाले उसुका खेलाडीलाई प्रदान गरिने यो अवार्डसँग जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै अवार्डको शुरुआतले खेलाडीको मनोबल बढाउनुका साथै देशको शान उच्च बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
अवार्ड वितरणमा सहयोगात्मक भूमिका निर्वाह गरेका हिमाल साकोसका अध्यक्ष विज्ञान राईले भक्तपुरमा कुनै पनि खेलकूदको विकास एवं प्रतियोगितामा यो समूहले आर्थिक तथा भौतिकरूपमा निरन्तर सहयोग गर्दै आएको र उसुको विकासमा पनि थप सहयोग गर्ने बताए । त्यस्तै भोलियन्टर उसु कमिटीका अध्यक्ष मन्जुर महर्जनले अवार्डपछि राष्ट्रियस्तरको उसु प्रतियोगिता आयोजना गर्दै भोलियन्टर उसु कोच कमिटीका रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको बताए ।
अवार्डमा प्रदान गरिने ट्रफी बुधबार सार्वजनिक गरिएको छ । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासिछ्वा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष राईले संयुक्तरुपमा ट्रफी अनावरण गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार