स्वास्थ्य शिविरमा ७२ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १९:२३:४४
१९ चैत,डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय डोटीको आयोजना र गगुडा स्वास्थ्यचौकीको सहकार्यमा ७२ जनाको स्वास्थ्य परीक्षण गरिएको गगुडा स्वास्थ्यचौकीका सूचना अधिकारी शिशिर बोगटीले जानकारी दिए ।
जिल्ला सदरमुकामस्थित स्वास्थ्य कार्यालयमा गएर स्वास्थ्य परीक्षण गराउन समस्या हुँदै आएको भन्दै त्यहाँका ज्येष्ठ नागरिकलाई स्वास्थ्यचौकीमै सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका नायबसुब्बा सूर्य विष्टले बताए । उनले भने, “बोगटानका नागरिकलाई जिल्लामा आएर स्वास्थ्य सेवा समस्या भएको गुनासो आएपछि अहिले ज्येष्ठ नागरिकका लागि शिविर सञ्चालन गरेका छौँ, ठूलो सङ्ख्यामा नागरिकले उपचार सेवा पाएका छन् ।”
घरैमा स्वास्थ्य उपचार पाएपछि यहाँका ज्येष्ठ नागरिक तथा दीर्घरोगी निकै खुशी भएको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी हर्कबहादुर बमले जानकारी दिए । उक्त शिविरमा नाक, कान, घाँटी, छातीलगायत उपचार सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार