सुरुङ र पुलको दोस्रो प्याकेज ठेक्का रद्द, ठेकेदार छनौट
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार २०:३४:५६
१९ चैत, काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई द्रुतमार्गमा दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनौट भएको पोली चङदा इञ्जिनियरिङको छनौट रद्द गरी नयाँ प्रक्रियामा शुरु गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।
नेपाली सेनाले दुई लटमा पुल र सुरुङको ठेक्का लगाउन पहिलोका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्प र पोली चङदा इञ्जिनियरिङलाई पूर्वयोग्यतामा छनौट गरेको थियो । दोस्रो प्याकेजमा पोली चङदा इञ्जिनियरिङलाई मात्र पूर्वयोग्यतामा छनौट गरेकोमा प्रतिस्पर्धा हुन नसकेको निष्कर्षसहित त्यसलाई रद्द गरी पूर्वयोग्यता छनौटका लागि निर्देशन दिइएको लेखा समितिले जनाएको छ ।
इपीसी ‘इञ्जिनियरिङ्ग, प्रोक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन’ अन्तर्गत नेपाली सेनाले ठेक्का प्रक्रिया अघि बढाउन खोजेको भएपनि यसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले यससम्बन्धि मापदण्ड, निर्देशिका र कार्यविधि निर्माण नगरिसकेकाले त्यी दस्तावेज समेत तयार गरी सार्वजनिक खरिद गर्ने निकायहरूलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार