चैत २७ मा मुकेश र सबिनाको गुड फ्रेन्ड
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार २१:२५:४७
नयाँ बर्ष ०७८ को अबसर पारेर ‘गुड फ्रेन्ड’ नामक फिल्म चैत २७ मा प्रदर्शन हुने भएको छ । साथीसाथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण गरिएको फिल्मको ट्रेलर बुधबार साइराम पिक्चर्सको युट्युव च्यानलमार्फत सार्वजनीक गरिएको हो ।
पहिला चैत २० मा हलमा आउने भनिए तापनि अब यो फिल्म चैत २७ मा दर्शकमाझ आउने पक्का भएको छ । राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा मुकेश ढकाल, सबिना कार्की,राज सिंह,दीपक बिक्रम शाही,एलवी कटुवाल,राजन महर्जन,बसन्त बर्मा,पूजा महर्जन,धीरज खत्री र भूमिका सापकोटा मुख्य भूमिकामा छन् ।
बिजी बर्मा फिल्मस्को ब्यानरमा बसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा बसन्त बर्मा,राज सिंह र पम्फा बर्मा अनि सहनिर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् । फिल्मको गीतमा संजय लामा बलको संगीत,प्रदीप खड्काको द्धन्द्ध निर्देशन र सम्पादन प्रवल प्रधानको छ ।
केही बर्षअघि नै निर्माण सम्पन्न भए तापनि प्रदर्शनका लागि उचित समय पर्खदा नयाँ बर्ष ०७८ भेटिएको निर्माण पक्षले जनाएको छ । ‘गुड फ्रेन्ड’ दर्शकलाई सँधै ताजानै लाग्ने बिश्वास निर्माताको छ । निर्देशक सानेले आफ्नो फिल्मले साथीसाथीबीचको प्रेम बोल्ने बताउँछन् । नयाँ बर्षमा दर्शकलाई कोसेली स्वरुप फिल्म प्रदर्शन गर्न लागीएको निर्माण पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार