प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालबहस संवाददाता
चैत १९, २०७७ शुक्रबार १:५१:७
१९ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासमेत ६ जनाले गैरकानूनीरुपमा लाभ हासिल गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पाइएको छ ।
आयोगले इञ्जिनीयर कृष्णप्रसाद कोइराला, सव इञ्जिनीयर लीलाराज भट्टराई, चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवानविरुद्ध रु २४ लाख २७ हजार ५४५ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार