जसपालाई ८ मन्त्रालय रोजेर लिन प्रधानमन्त्री ओलीको प्रस्ताव !
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार १३:५१:४२
२० चैत, काठमाडौं । सत्ता समीकरणका लागि निलम्बनमा परेका सांसद रेशम चौधरीलाई तत्काल थुना मुक्त गराउनुपर्ने माग राख्दै आएको जनता समाजबादी दल जसपा यतीवेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारमा सहभागिता जनाउन प्रधानमन्त्रीसँग मन्त्रालय बाडफाँडको संवादमा केन्द्रित भएको छ ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, जेलमा रहेका रेशम चौधरी निलम्बित सांसद लाई थुनामुक्त गर्नुपर्र्ने, मधेस आन्दोलनका क्रममा नेता–कार्यकर्तालाई लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने मागसँगै जसपाले सत्तामा आफ्नो सम्मानजनक उपस्थितको लागि प्रधानमन्त्री ओलीसँग संवाद जारी राखेको छ ।
मागहरु क्रमस पुरा गर्दै जाने भन्दै प्रधानमन्त्रीले जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेको र जसपा सरकारमा सहभागी भएमा उसले रोजेका महत्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएको जसपाका नेताहरुले बताएका छन्। यसैगरी संवैधानिक आयोगहरूमा रिक्त पदमा अतिरिक्त उपसभामुख र केही संसदीय समितिका सभापति समेत भागबण्डा गर्न पनि प्रधानमन्त्री तयार भएको जसपाका नेताले बताए।
जसपाको समर्थनमा सरकार टिकाउन उसले राखेका माग पूरा गर्नेबारेमा प्रधानमन्त्री ओलीले जसपा शीर्ष नेताहरूसँग कुराकानी जारी राखेका छन् । सत्ता समीकरण निर्माणका लागि जसपा यतीवेला ताना तानमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार