एमाले नेपाल-खनालपक्षको स्थायी कमिटी बैठक बस्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार १४:१२:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/madhav-nepal_ATLqVwGy24.jpg)
२०, चैत,काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ । पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एक पछि अर्को गर्दै आफ्ना पक्षका नेतालाई धमाधम कारबाही गर्न थालेपछि रणनीति बनाउन नेपाल पक्षले आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक गर्न लागेको हो। यस्तै बैठकमा पार्टी पुनर्गठनको अभियानलाई देशैभर कसरी लैजाने भन्ने विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् । बैठक बिहान ११ बजे बस्दै छ ।
पार्टी अध्यक्ष ओलीले फागुन २८ गते एकतर्फी बैठक बसाइ माओवादी नेताहरुको ब्यवस्थापन र नेपाल -खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल–खनाल पक्षले उक्त निर्णय फिर्ता लिन आग्रह गर्दै आएको छ । कुनै पनि हालतमा निर्णयबाट फिर्ता नहुने अडान ओलीले राखेपछि नेपाल-खनाल पक्ष राष्ट्रिय कार्यकर्ता भेलालगायत छुट्टै गतिविधि गरिरहेको छ, समानान्तर कमिटी बनाइरहेको छ। यही आरोपमा ओलीले नेपाल पक्षका नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यतबाट समेत निलम्बन गरिसकेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
अमेरिका मात्र होइन, कोस्टारिका सरकारले पनि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार